८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लुक्लाबाट पर्यटक काठमाडौं ल्याइयो

लुक्लाबाट ल्याइएका पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सोलुखुम्वुको लुक्लामा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याइएको छ। १६ जना पर्यटकलाई तारा एयर मार्फत काठमाडौं ल्याइएको हो।

काठमाडौं ल्याइएका पर्यटक मध्ये ५ जना फ्रेन्च र अरु अन्य देशका छन। उनीहरुलाई एभरेष्ट होटलमा राखिएको छ। पोखराबाट पनि पर्यटकलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

सरकारले कोरोना भाइरस फैलिन नदिन लकडाउन घोषणा गरेपछि उनीहरु लुक्लामा अलपत्र परेका थिए।

प्रकाशित: १३ चैत्र २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App