coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिकित्सक र सुरक्षाकर्मीलाई नगरपालिकाले बाड्यो ३० सेट पीपीई

जिल्ला अस्पतालका चिकित्सकलाई पिपिई सेट तथा स्प्रे हस्तान्तरण गर्दै कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री ।

सिन्धुली- कोरोना भाइरस रोकथामका लागि यहाँको कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ। कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पर्ने पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) मास्क, सेनिटाइजर र डिस इनफेक्टिङ लिक्विड विरतण गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार नगरपालिकाभर ३० ओटा सेट पीपीई वितरण गरिएको हो। जिल्ला अस्पताललाई १० सेट, नेपाली सेनालाई ५, नेपाल प्रहरीलाई ५ सेट सशस्त्र प्रहरी बललाई ५ सेट वितरण गरिएको छ। यस्तै भिमान स्वास्थ्य चौकीलाई २ सेट पीपीई वितरण गरिएको नगरपालिकाले जनाएको छ। सूचना अधिकारी ढकालका अनुसार कमलामाई नगरपालिका १०,११,१३ र १४ नं. वडालाई प्रतिवडा १÷१ सेट उपलब्ध गराएको छ। नगरपालिकाले सात सय ओटा सेनिटाइजर वितरण समेत गरेको छ।

नेपाली सेना तथा प्रहरीले समेत कोरोना रोकथाम तथा विरामीको उद्धारका लागि खटिनुपर्ने भएकाले खटिने स्वयम्को सुरक्षाका लागि पीपीई उपलब्ध गराएको हो। कोरोना रोकथामका लागि सदरमुकामका मुख्य भिडभाड हुने क्षेत्रमा भाइरस नाशक औषधि समेत छर्कर्ने जनाएको छ। औषधि छर्कनका लागि ३७ लिटर स्प्रे समेत ल्याइएको जनाएको छ। यस्तै एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनमा समेत किटनाशक औषधि छर्कने तयारी भइरहेको छ।

सरकारले गरेको लकडाउनलाई कडाईका साथ लागु गरेर प्रभावकारी बनाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना रोकथामका लागि तयारी तिव्र पारि हामी लकडाउनलाई थप प्रभावकारी बनाउने तयारीमा छौ, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले भने, अत्यावश्यक भन्दा बाहेक गाडी मोटसाइकल सबै निधेष गर्छौ, यसलाई सबैले स्विकार गरौ। उनले सरकारको निर्देशनलाई सबैले सहज स्वीकार गरि सहयोग गर्न आग्रह गरे। लकडाउनमा सबैले इमान्दारिता देखाएर बाचे संसार देख्न पाइन्छ,  नत्र भन्न सकिदैन, उनले भने, त्यसैले थप कडाई गर्नुपर्ने देखियो।

जिल्लामा कोरोना रोकथामका लागि आइसोलेसन सेन्टर, क्वारेन्टाइन निर्माणका गतिविधिदेखि विदेशबाट आएका स्थानीयको खोजी गरि सेल्फ क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गर्ने कार्य समेत भइरहेको छ। गाँउगाँउमा ज्वरो आएका विरामीको संख्या संकलन गर्ने तथा उनीहरुको अवस्था बुझ्ने कार्य समेत भइरहेको नगरपालिकाले जनाएको छ।
 

प्रकाशित: १३ चैत्र २०७६ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App