coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतबाट जुम्ला भित्रिएका ३१ जना क्वारेन्टाइनमा

जुम्ला- जुम्लामा भारतबाट भित्रिएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको पातारासी गाउँपालिकामा ६ जना, हिमा गाउँपालिकामा २४ जना र चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १ जना गरेर ३१ जनालाई क्वारेन्टलाइनमा राखिएको हो।

सिँजा क्षेत्रको हिमा गाउँपालिकाले विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणको जोखिमबाट बच्न अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। यहाँका पायक पर्ने विद्यालयमा क्वारेन्टाइनको व्यवस्ता मिलाएको हो। गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएका २४ जनालाई १४ दिनसम्मका लागि क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताउँछन्।

अहिले राहदेव मावि माफ्लास्थित क्वारेन्टाइनमा १९ जना र भानु मावि पाथरखोलास्थित क्वारेन्टाइनमा पाँच जनालाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो। बाटोमा बिभिन्न ठाउँ हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गराए पनि लकडाउनका बेला भारतबाट आएका कारण पातारासीका ६ जनालाई पनि क्वारेन्टाइनमा राखेर उपचार भइरहेको पातारासी गाउँपालिकाले जनाएको छ। पातारासी आउने सबैको रेर्कड राख्न उर्थुचौतारामा हेल्थ डेक्स समेत राखिएको छ। स्थानीय प्रशासनले जुम्ला लकडाउन गरेपनि बाहिरबाट आउने क्रम रोकिएको छैन। हिजोसम्म पनि झण्डै २६ सय ७७ जना भित्रिएका छन्। भने क्वारेन्टाइनमा जिल्लाभरी ३१ जना मात्रै रहेका छन्।

बाहिरबाट आउने रहेक दाजुभाई दिदीबहिनीहरुले अनिवार्य स्वास्थ्य चेकजाँच गरेर जिम्मेवारी नागरिकको दायित्व पूरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडले अपिल गरेकी छिन्। डोरबहादुर विष्टले स्थापना गरेको कर्णाली इन्सिच्यूटमा तयार पारेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन्। व्यापार तथा कामको शिलसिलामा भारतमा गएकाहरु धमाधम गाउँ फर्किन थालेपछि उर्थ चौतारामा हेल्थ डेक्सको स्थापना गरि गाउँ आउने सबैको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले बताए।

‘एक साताअघि भारतबाट आएकाहरुलाई घरमै सुरक्षित बस्न आग्रह गरेका छौं,’ उनले भने,‘लकडाउनको बेला भारतबाट आएका ६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौं।’

भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखेर मात्रै गाउँ पठाउने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ। नाग्म स्वास्थ्य सहायता कक्षमा ६ जना चिनियाँ नागरिकहरुले पनि आफ्नो स्वास्थ्य जाँच गराएका छन्। उनीहरुले आफू राराबाट आएको र पोखरा जाने बताएका थिए।

प्रकाशित: १३ चैत्र २०७६ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App