coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कतार एयरबाट आएका २ जना सम्पर्कमा एक जनाको खोजी

रोहिणीको क्वारेन्टाइन रामनरेश मावि ।

भैरहवा- कोरोना संक्रमित युवतीसँगै कतारबाट चैत ४ गते नेपाल आएका रुपन्देहीका ३ जना मध्ये २ जनालाई सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।
रोहिणाी गाउँपालिका वडा न २ का मेराज अहमद र तिलोत्तमाका यात्रु सम्पर्कमा आइसकेका छन् द्वयको अवस्था सामान्य छ, स्वास्थ्य चेकजाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरिक्षक थापाले बताए। संक्रमितसंगै आएको एक जान यात्रुको खोजी भइरहेको छ।

रोहिणीका मेराज घरमै परिवारसँग बसिरहेका थिए। बैदेशिक रोजगारको सिलसिलामा ६ गते घर आएका उनीमा कुनै पनि प्रकारको कोरोनाको लक्षण र स्वास्थ्य समस्या छैन। बुधबार साँझ मात्र संक्रमितसँग मेराज पनि आएको खबर गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र वडा अध्यक्ष सरोज पाण्डेले थाहा पाएपछि स्वास्थ्य अवस्थाको बारेमा चासो दिएका थिए। परिवारसँगै बसेको उनको अवस्था समान्य भए पनि रामनरेश माविमा स्थापित क्वारेन्टाइनमा राख्न लागिएको छ। लक्षणहरु कुनै पनि प्रकारको नदेखिएकोले नमुना संकलन भएको छैन, भैरहवास्थित भीम अस्पतालमा स्वास्थ्य जाँच भएको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए।

रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन
रुपदेहीको रोहिणी गाउँपालिकाले पनि बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्न लागेको छ। मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा १५ शैयाको क्वारेन्टाइन बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइनका आवश्यकता भएको बताए। उनले रोहिणी गाउँपालिकामा पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएको बताए। कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनिमाथी बिशेष निगरानी राखिएको यादवले बताए।

रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भिम अस्पतालमा स्वास्थ्य परीक्षण गरि उनलाई सोही क्वारेन्टाइनमा राखिने भएको छ। गाउँपालिका अध्यक्ष यादवले बिदेशबाट आएका ब्यक्ति तथा संक्रमितको आशंका गरिएका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बताए। सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने वा अन्य शंकास्पद ब्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने छ। यसको लागि अत्यावश्यक औषधि लगायत, प्रतिकार्य सामग्रीको व्यवस्थाको लागि गाउँपालिकाले प्रयास गरिरहेको छ।

कोरोना भाइरसको संक्रमित भए आफूलाई मात्र नभई आफ्नो परिवार हुँदै सम्बन्धित समाजलाई नै असर पार्ने हुँदा बाहिरबाट आएका ब्यक्तिहरु सेल्फ क्वारेन्टाइन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाइनमा बस्न यादवले अनुरोध गरे।

यस्तै गाउँपालिकाले बिदेशी मुलुक र भारतअन्य ब्यक्तिहरुको ब्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यस्ता ब्यक्तिहरुको विवरण संकलनको लागि स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरिएको जानकारी दिए।
 

 

 

प्रकाशित: १३ चैत्र २०७६ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App