coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मी कुटिए

बैतडी- भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै पुर्चोडी नगरपालिका–५, कुवाकोटका नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। भुमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गरिएको हो।

बुधबार भारतको बेङलोरबाट आएका जागिरीका छोरा सुनिलसहित ७ जना विद्यालयमा रहेको अस्थायी क्वारेन्टाइनमा राखिएपछि मेरो छोरालाई किन राखेको भन्दै राति १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन्। धामीको औला र छातीमा समान्य चोट लागेको छ।

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्घात कुटिपिट गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए। कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्य चौकीमा ल्याइरहेको उनले बताए ।

क्वारेन्टाइनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जागिरी स्थानीय सहकारी संस्थाको प्रबन्धक समेत रहेको स्वास्थ्य संंयोजक कुँवरले बताए। जिम्मेवार नागरिकबाटै यस्तो प्रकारको व्यवहार हुँदा स्वास्थ्यकर्मीलाई समस्या भएको उनले बताए।

कुटपिटमा संलग्न जागिरीलाई पक्राउन गर्न प्रहरीचौकी पुरघाटबाट प्रहरीको टोली बिहीबार बिहान कुवाकोट गएको छ। कोरोना भाइसर भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घटना भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गर्ने र दोषी पाइएमा कडा कारबाही गर्ने डिएसपी पाण्डेले बताए।

कोरोना भाइरसको संक्रमण हुने जोखिम बढेपछि बैतडीका स्थानीय तहले विभिन्न वडामा क्वारेन्टाइनको व्यवस्था गरेका छन्। स्थानीय तहले विद्यालय, क्याम्पसलाई अस्थायी क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ। प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा ३३ जना क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित: १३ चैत्र २०७६ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App