coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित महिलासँगै विमानमा आएकालाई क्वारेन्टाइन पठाइयो

पाँचथर– फ्रान्सबाट नेपाल आएकी कोराना संक्रमित महिला चढेको विमानमै कतारबाट आएका पाँचथरका दुई जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाइनमा राख्नका लागि लगिएको छ। उनीहरुलाई घरैबाट एम्बुलेन्सले बुधबार साँझ मोरङतर्फ लगिएको हो।

कतारबाट आएका दुई जनालाई सुरक्षित क्वारेनटाइनमा राख्न मोरङ्गको टाडी पठाइएको र परिवारलाई भने होम क्वारेन्टाइनमा राखिने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

गत चैत ४ गते क्यूआर ६५ फ्लाइटबाटबाट नेपाल आएका मध्ये फाल्गुनन्द गाँउपालिका–१ नविडाँडाका एक जना र फिदिम–६ शिवाका एक जनालाई सुरक्षित क्वारेन्टाइनमा पठाइएको हो। अर्का एक जना पाँचथर ठेगाना भएका भनिए पनि उनी हाल झापा बसोबास गर्दै आएको पाइएको छ। उनी पनि झापामा क्वारेन्टाइनमा रहेको आफन्तले जनाएका छन्।

उनीहरु काठमाडौँबाट झापाको विर्तामोडसम्म बसमा आएको खुल्न आएको छ। विर्तामोडदेखि फिदिमको समदिन हुँदै घर गएको खुल्न आएको छ। उनीहरुको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको जानकारी दिइएको छ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App