coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिहान १० देखि १२ बजे सम्म मात्र पास उपलब्ध गराउने

भक्तपुर - भक्तपुरमा विशेष पास पाएकाहरुले पनि अव विहान १० बजेदेखि १२ बजेसम्म मात्रै हिड्दुल गर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले अल्पआकस्मिक परिस्थितिमा पास आवश्यक परे पास आवश्यक पर्नुका कारण र औचित्य पुष्टि हुने प्रमाण तथा कागजातहरु पेश गरेपछि मात्र बिहान १० बजेदेखि १२ बजे सम्ममात्र पास उपलब्ध गराउने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापी रुपमा गरेको लक डाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बैठक बसेको हो। बैठकले अतिआवश्यक सेवाप्रवाहगर्ने व्यक्तिवा संस्था (एम्बुलेन्स, स्वास्थ्यकर्मी, फार्मेसीमा काम गर्ने) को परिचयपत्रलाई नै आधार मानी आवागमन गर्न दिने निर्णय ग-यो।

दैनिक आवश्यक पर्ने खानेपानी, खाद्यपदार्थ, तरकारी, दुधजन्यपदार्थ, घरायसी प्रयोजनको पानी आपूर्ति गर्ने व्यक्ति संस्थालाई पनि सामाग्रीहरु यकिन गरी आवागमन गर्न दिने निर्णय बैठकले गरेको छ। बैठकले भक्तपुर जिल्लाभित्र बसोबास गरिरहेका कुनै व्यक्तिलाई यस विषम् परिस्थितिमा खाने, बस्ने समस्या परेमा त्यस्ता व्यक्तिहरुको अवस्था बुझी सहयोग गरिदिनु हुन स्थानीयतहहरुमा अनुरोध गर्ने र दैनिक उपभोग्य वस्तुहरु सब्जी, फलफूल, मासु, दाल, चामल, तेल, पानी, दुध, खानापकाउने ग्यास, साबुन—स्यानिटाइजर, घरायसी बिजुलीका सामानहरु, बिहान ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने प्रस्ताव मन्त्रालयमा पठाउने निर्णय ग-यो।

प्रकाशित: १३ चैत्र २०७६ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App