८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमण देखिएका युवक यूएईबाट आएका थिए

काठमाडौं- कोरोना भाइरसका संक्रमित भएका व्यक्ति यूएईबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन्। एक प्रेस ब्रिफिङ गर्दै संक्रमित व्यक्ति चैत ६ गते नेपाल आएको बताए। ३२ वर्षका उनी धादिङका हुन्।

ढकालका अनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए। स्वास्थ्यमा असहज भएपछि उनी मंगलबार टेकु अस्पताल पुगेका थिए। उनी सारजाहाबाट एयर अरेवीयाको फलाईट नम्वर G-9537 बाट आएका थिए।

यो सँगै नेपालमा तेस्रो संक्रम देखिएको हो। चीनबाट आएका एक व्यक्ति संक्रमण मुक्त भइसकेका छन् भने फ्रान्सबाट आएकी १९ वर्षिय युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ।

* यस अघिको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलतमा कतारबाट भनिएको भए पनि यसलाई सच्चाइएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App