१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतबाट आएका २१ जनालाई कटारी क्वारेन्टाइनमा राखिने

उदयपुर- भारतको सिलगुढीबाट फर्केका २१ जनालाई उदयपुरको कटारीस्थित क्वारेन्टाइनमा राखिने भएको छ। नेपाल–भारत सीमा काकडभिट्टाबाट बस चढेर आएका उनीहरुलाई कटारीस्थित बसपार्कमा फेला पारी क्वारेन्टाइनमा राख्न लागिएको हो।

२१ जना सबै पुरुष भएको र उनीहरु उदयपुरकै ताप्ली गाउँपालिकाका रहेको कटारीका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनका अनुसार विहान १० बजे बसपार्कस्थित हेल्थ डेस्कमार्फत कटारी अस्पताल लगेर तापक्रम जाँच गरी क्वारेन्टाइनमा राख्ने प्रक्रियाअघि बढाउँदै अहिले वडा ३ को कार्यालयमा राखिएको छ। विरामीजस्ता कोही नदेखिए पनि सकर्तताका लागि उनीहरुलाई कटारी १ बेलसोतेस्थित नेपाली सेनाको रणशार्दुल गणमा स्थापित क्वारेन्टाइनमा राख्ने प्रक्रियाअघि बढाइएको मेयर श्रेष्ठले बताए।

‘भारतमा मजदुरी गर्दै आएका २१ पुरुषहरु घर फर्कने क्रममा कटारीमा पेला परेपछि हामीले अस्पताल लगेर चेकजाँच गरायौं’ मेयर श्रेष्ठले भने ‘ताप्ली गाउँपालिका घर बताउने उनीहरु सिलगुढीबाट काकडभिट्टा हुँदै आएको भनेपछि सबैलाई बेलसोत क्वारेन्टाइनमा राख्न लागेका हौं।’

यसैबीच कतारबाट चैत ५ गते फर्केका बेलका नगरपालिका ३ रातापानीका विद्यानन्द चौधरीलाई करान अस्पतालमा चेकजाँचपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ। कतार एयरवेजको ६५० प्mलाईटबाट आएका उनी ६ गते विहान घर आईपुगेका थिए। कतारबाट आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि चौधरीमा पनि संक्रमण हुन सक्ने आशंकाले अघिल्लो साँझ स्वास्थ्य जाँच गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले चौधरीलाई टाँडी क्वारेन्टाइन पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताएका छन्।    

प्रकाशित: १२ चैत्र २०७६ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App