coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भैरहवामा कोरोना उपचार केन्द्र र ल्याब बन्ने

भैरहवा- भैरहवास्थित भिम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ। प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार भीम अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्ने निर्णय बमोजिम कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको हो।

अस्पतालको मंगलबार मुख्यमन्त्री शंकर पोखरेल र बुधबार सामाजिक विकास मन्त्री सुदर्शन बराल एवं प्रदेश कोरोना एक्सपर्ट टिमले निरीक्षण गरेपछि ३० वेडको जनरल र ५ वेड को आइसोलेटेडसहित ३५ वेडको कोरोना अस्पताल सामाजिक विकास मन्त्री बरालको व्यवस्थापन समितिमा निर्माण हुँदैछ।

भिम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई हटाई कोरोना पोजिटिभ देखिएका विरामीको उपाचार केन्द्रको रुपमा स्थापना भइरहेको छ। बुटवलको धागो काराखानमा र भैरहवाको शैक्षिक तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएका विरामीमा कोरोना पोजिटिभ देखिएमा थप उपचारका लागि भीम अस्पतालमा व्यवस्थापन गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

स्वाब परीक्षणपछि रिर्पोट पोजेटिभ आउने बिरामीलाई लक्षित गरि हाल रहेको आइसोलेसन कक्षलाई नै कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएकोे भिम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।

शंकास्पद विरामीको परीक्षण भैरहवामा
प्रदेश सरकारले भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्रमा प्रदेश स्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ।

अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौ पठाइरहेका थियौ, प्रदेशमा भएका कोरोनाका लक्षण मेल खाने शंकास्पद भएका विरामीको परीक्षण यही ल्याबमा गर्छो मन्त्री बरालले भने।

पिसीआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएमा केही दिनभित्र तयार हुनेगरी काम भइरहेको छ, उपकरण मेसिन र प्रविधिकहरुको तयारीमा प्रदेश सरकार लागेको छ। जसको लागि केही सामाग्री आइसकेको छ र अपर्याप्त सामाग्री ल्याउनका लागि प्रदेश सरकार लागेको छ।   
 

प्रकाशित: १२ चैत्र २०७६ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App