७ वैशाख २०८१ शुक्रबार
समाज

कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

महोत्तरी - गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्। सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ। सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य  छ। सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो। यसैबीच  बाहिरबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन्। जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ। जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन्। यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन्।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन्। त्यसै गरी बजार पनि बन्द गरिएका छन्। सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ। यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ। रासस

प्रकाशित: १२ चैत्र २०७६ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App