७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

संक्रमित युवतीसँग नेपाल आएका चार जनाको सुनसरीमा खोजी

धरान १६ मा विदेशबाट आएका युवालाई लिन पुगेको वीपी प्रतिष्ठानको स्वास्थ्यकर्मीसहित एम्बुलेन्स । तस्बिर : नागरिक

धरान- फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको प्रहरीले सुनसरीमा खोजी गरिरहेको छ। ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको हो।

ती चारमध्ये एक जना धरान ६, पानवारीका व्यक्ति सम्पर्कमा आइसकेका छन्। उनलाई हिजो मंगलबार धरान उपमहानगरपालिकाको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। उनको स्वाब लिएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाउनेबारे निर्णय हुन भने बाँकी नै छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले ४ जनाको खोजी भइरहेको बताए। ती ४ जनामध्ये एक जना मात्र भेटिएको उनले पुष्टि गरे। ‘सुनसरीको ४ जना हुन् भन्ने कुरा आयो। हामी खोजी गरिरहेका छौं,’एसपी पोखरेलले भने,‘एक जना धरान ६ को भेटिएर वीपी हस्पिटलमा पुर्‍याएका छौं, अरु कहाँ के गर्दैछन् भनेर खोजी हुदैछ।’

प्रकाशित: १२ चैत्र २०७६ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App