७ वैशाख २०८१ शुक्रबार
कला

नेपथ्यका कार्यक्रम स्थगित

काठमाडौं – कोरोना संक्रमण रोकथामका लागि सरकारले सतर्कता अपनाएपछि लोक रक ब्यान्ड नेपथ्यले एक महिनाको लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ। सोमबार नेपथ्यका गायक अमृत गुरुङले सामाजिक सञ्जाल ट्वीटरमार्फत ब्यान्डका सबै कार्यक्रम एक महिनाको लागि स्थगित गरेको जानकारी गराएका थिए।

‘कोरोनाको कारण संसार ठप्प छ। विज्ञहरूले भौतिक र शारीरिक दुरी बढाउनु र अरूको सम्पर्कमा नआउनु यस विरुद्धको उपयुक्त उपाय भनेका छन्,’ उनले ट्वीट गरेका छन्, ‘हामीले सबै क्रियाकलापलाई एक महिना स्थगन गरेका छौं। अत्यावश्यक सेवाबाहेक केही दिन घरमा बसेको ठिक हुन्छ।’ उनले बालबालिकाहरू शिक्षाबाट वञ्चित नहुन भनेर स्कुल पुननिर्माणको लागि जुटेको बताएका थिए।

प्रकाशित: १२ चैत्र २०७६ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App