अलपत्र परेका ९ जना यात्रुको उद्धार

बुधबार, १२ चैत २०७६, ११ : १५ हिमनाथ देवकोटा

रसुवा- मंगलबारदेखि देश लकडाउन भएको घोषणा गरेसँगै बीचबाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझबीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था गरिएको हो।

जिल्लाको स्याफ्रुमा रहेका ५ जना विदेशीलाई काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। जिल्लाबासी सेल्फ क्वारेन्टाइनमा बसेका कारण जिल्लामा अहिलेसम्म समस्या सिर्जना नभएको उनको भनाइ छ।

यस्तै जिल्लामा आजदेखि केही समय पहिले विदेशबाट फर्केका व्यक्तिको घरघरमा पुगेर निरीक्षण गरिने भएको छ। चैत ६ गतेदेखि जिल्लामा सञ्चालनमा रहेका हेल्थ तथा हेल्प डेक्सले विदेशबाट आएका नेपालीको विवरण राखेका थिए।

सोही विवरणलाई आधार मानेर आजदेखि उनीहरूको अवस्था बुझ्न लागिएको हो। यसका लागि वडा कार्यालय, स्वास्थ्य चौकी तथा प्रहरी चौकीबाट खटिएका टोलीले विवरण अद्यावधिक गर्ने छन्।

जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधी ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पुर्‍याउनका लागि अनुमति दिएको प्रजिअ भण्डारीले बताए। गएको २४ घण्टामा जिल्लामा अन्य घटना नभएको उनले जानकारी दिए।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शैया र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको हो। जिल्लाको पाँचवटै गाउँपालिकामा बुधबारदेखि २ सय १० शैयाको क्वारेन्टाइन सञ्चालनमा आउने छ। यसको लागि काम जारी छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad