५ वैशाख २०८१ बुधबार
खेल

टोकियो ओलम्पिक एक वर्ष सर्‍यो

टोकिया- विश्वभर महामारीको रूपमा पैmलिएको कोरोना भाइरस कारण विश्वका एक पछि अर्को खेलकुद प्रतियोगिताहरू रद्द हुँदै गएका छन् ।

तर बढ्दो त्रास र अन्यौलताका बीच पनि जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का प्रमुख थोमस बाच टोकियो ओलम्पिक २०२० निर्धारित मिति अर्थात् जुलाई २४ मा कुनै पनि हालतमा गर्ने दाबी गरिरहे । यसबीच इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, बुन्डेसलिगा र पे्रmन्च लिग वानका साथै युरो कप २०२० पनि अर्को वर्ष सम्मका लागि सरिसकेको थियो ।

‘मैंले टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सार्न प्रस्ताव गरेको थिएँ र बाच मेरो प्रस्तावमा सहमत भए,’ -जापानका प्रधानमन्त्री         

तथापि आइओसी र जापानले भने ओलम्पिक तत्कालै नसार्ने अडान लिइरहे । त्यससँगै एक पछि अर्काे राष्ट्रका सम्बन्धित ओलम्पिक कमिटीले निरन्तर उक्त निर्णयको विरोध गरे । साथै केही खेलाडीहरूले समेत आइओसी र जापान खेलाडीको स्वास्थप्रति जिम्मेवार नभएको आरोप लगाइरहे । क्यानडा, अमेरिका र जर्मनीले त खेलाडी नपठाउने घोषणासमेत गरिसकेका थिए ।

सोमबार मात्र बसेको आइओसीको बैठकले ओलम्पिकका बारेमा अन्तिम निर्णय लिन चार साताको समय माग गरेको थियो । अन्तत् लामो समयको रस्साकस्सी पछि जापानका प्रधानमन्त्री आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाच टोकियो ओलम्पिक २०२० एक वर्षपछि सार्न सहमत भएका छन् ।

‘मैंले टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सार्न प्रस्ताव गरेको थिएँ र बाच मेरो प्रस्तावमा सहमत भए,’सिन्जोले भने । विश्वभर महामारीको रूप लिएको कोरोनाको कारण प्रभावित ओलम्पिक विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो । यस टोकियो ओलम्पिकका लागि हालसम्म मात्र ५३ प्रतिशत मात्र खेलाडीको छनोट भएको छ भने अन्य खेलाडीको छनोट हुन बाँकी नै छ  ।

प्रतियोगिताका लागि छनोट चरण सुचारु गर्नसमेत कोरोना भाइरसकै कारण असम्भव बनेको थियो । टोकियोले प्रतियोगिताका लागि मात्र १२.६ बिलियन डलर खर्च गर्ने अनुमान गरिएको थियो । प्रतियोगिताको मिति सरेसँगै ओलम्पिक समापनमा थप ६ बिलियन डलर खर्च हुने अनुमान गरिएको छ । टोकियोमा ओलम्पिक सरेको यो दोस्रो पटक हो ।

यसअघि जापान सन् १९४० मा ओलम्पिक आयोजना गर्ने एसियाकै पहिलो राष्ट्र बन्ने संघारमा थियो । तर जापानले चीनमाथि गरेको युद्धपछि अन्तर्राष्ट्रिय समुदायबाट जापानमाथि दबाब बढेपछि प्रतियोगिता अन्यत्र सारिएको थियो । यसअघि नै विश्व एथ्लेटिक्स महासंघले विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२१ को अगस्ट ६ देखि १५ सम्म गर्ने निर्णय गरिसकेको छ ।

लामो समयको रस्साकस्सी पछि जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का प्रमुख थोमस बाच आगामी टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सार्न सहमत भएका छन् । एएफपी

 

 

प्रकाशित: १२ चैत्र २०७६ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App