coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साम्राज्ञीको आक्रोश

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आक्रोशित भएकी छन्। उनीसँग लन्डनमा फोटो खिचाएकी महिलालाई कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। सो फोटो २३ दिनअघि खिचिएको हुँदा आफूलाई संक्रमण नभएको दाबी उनले गरेकी छन्। ‘मसँग २३ दिनअघि फोटो खिचाउने महिलालाई कोरोना संक्रमण भएको छ। मैले उनलाई व्यक्तिगत रूपमा चिनेको छैन्। सत्य कुरा नबुझेर अफ्वाह फैलाउनु गतल हो, ’उनले इन्स्टाग्राम स्टोरीको पोस्टमा लेखेकी छन्, ‘उनी र उनको परिवारको स्वास्थ्य लाभको कामना गर्दछु।’

 फागुनको तेस्रो साता ‘मारुनी’ को सोका लागि उनी निर्माता पुनम क्षेत्री गौतमका साथ लन्डन पुगेकी थिइन्। उनीहरूले १२ दिने फिल्म सोहरू सिध्याएर काठमाडौं फर्किएका थिए। एक कार्यक्रमको सिलसिलामा अभिनेत्री शाहसँग फोटो खिचाएकी भगवती रानाभाटलाई कोरोना भाइरस संक्रमण भएलगत्तै लन्डनको एक अस्पतालमा अलग्गै राखेर उपचार भइरहेको छ। ती महिलालाई कोरोना संक्रमण भएको खबर थाहा पाएलगत्तै निर्माता पुनम गौतमले उनको स्वास्थ्य लाभको कामना गरेकी छन्। ‘फिल्म सोका लागि उहाँले हामीलाई सहयोग गरिरहनु भएको थियो।

उहाँसँग भेटेको २० दिन बढी भइसकेको छ। घरमा बसिरहेको छु। संक्रमणको लक्षण देखिएको छैन्,’उनले भनिन्, ‘उहाँसँग फिल्म हेरेर छुटिएपछि सम्पर्कमा छैन्। नेपाल फर्किएपछि उहाँलाई कोरोना संक्रमण भएको थाहा पाएको थिएँ।’

प्रकाशित: १२ चैत्र २०७६ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App