coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढोरपाटनमा एपिएफ र न्यू डाइमन्ड अगाडि

काठमाडौं- साबिक विजेता एपिएफ र उपविजेता न्यू डाइमन्ड स्पोटर्स एकेडेमीले १२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा सोमबार जित हासिल गरेका छन्।  डाइमन्डले राजधानीको  गोंगबुस्थित नयाँ बसपार्कमा विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई सहजै सोझो सेटमा अन्डर–१० मा हरायो। डाइमन्डले विजेश्वरीलाई २५–२, २५–३, २५–० ले पराजित गर्‍यो।

जितपछि डाइमन्ड १२ अंकसहित लिग अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई  २०–२५, २५–१५, २५–१६, २५–१६ ले पराजित गर्‍यो। एपिएफ तीन खेलबाट ९ अंक जोडदै अंक तालिकाको दोस्रो स्थान छ।

पुलिसका प्रशिक्षक रुपेश विष्टले रिसिभ कमजोर हुँदा सुरुआती अग्रता जोगाउन नसकेको बताए। 'हामीले राम्रो सुरुआत गरेका थियौं। तर दोस्रो सेटबाट बलियो डिफेन्स गर्न सकेनौं। नयाँ खेलाडीले दबाब झेल्न सकेनन्,' रुपेशले भने, 'तैपनि टोलीले सन्तोषजनक खेलेको छ। नयाँ खेलाडीले जिम्मेवारी सम्हालिरहेका छन्। उनीहरूमा अनुभवको कमी भए पनि वर्षको अन्त्यसम्म हाम्रो टोली सशक्त हुनेछ।'

पुलिसले मध्यपश्चिमकी स्पाइकर कामना विष्ट र पुष्पा चौधरीलाई स्पाइकको पोजिसनमा खेलाइरहेको छ। पुष्पा पुलिसकै उत्पादन हुन्।

सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल आर्मीले चण्डेश्वरीलाई २५–६, २५–१९, २५–१० ले हरायो।

पहिलो खेलमा पराजय बेहोरे पनि पुलिसले दोस्रो खेलमा सोमबार आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१२, २५–१०, २५–१७ ले पराजित गर्‍यो। अन्य खेलमा ढोरपाटनले चण्डेश्वरी युवा क्लबलाई ३–२ को सेटमा हरायो। चण्डेश्वरीले भने न्यू डाइमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

पुलिसकी मुख्य स्पाइकर कोपिला उप्रेती अहिले पूर्ण फिट छैनन्। सातौं राष्ट्रिय खेलकुदअघि दायाँ हातमा चोट लागेर उनी घाइते भएकी थिइन्। उनी घाइते हुँदा टोली कठिनाइमा परेको रुपेशले बताए। उनले भने, 'कोपिला टिमकी अनुभवी खेलाडी हुन्। उनी नहुँदा टिमको मनोबल खस्कने भएकाले खेलाइरहेका छौं। उनले सहयोगी भूमिका मात्र निर्वाह गरिरहेकी छन्।' नेपाल पुलिसले पाँच वर्षअघि ढोरपाटन भलिबलको उपाधि जितेको थियो। तर पछिल्लो समय भने पुलिस उपाधि जित्न निरन्तर असफल हुँदै आएको छ। गत वर्ष पुलिसले तेस्रो स्थानमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो। पोखराको ज्ञानुबाबा उमावि र एपिएफ ढोरपाटन भलिबलमा सफल टोली हुन्। ज्ञानुबाबाले ५ पटक उपाधि जितेको छ। एपिएफले पछिल्ला चार संस्करणका उपाधि जित्दै आएको छ। डायमन्ड स्पोटर््स एकेडेमी भने पछिल्ला चार संस्करणमा उपविजेतामा सीमित रहँदै आएको छ।

प्रकाशित: २६ पुस २०७३ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App