coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा  रोकी राखेको ना ६ ख ११०३ नं. को ट्रकमा मंगलबार राति सूर्यविनायकबाट साँगातर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। 

मोटरसाइकलमा सवार घाइते भएका तीन जनामध्ये मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष २८ को उत्तर बहादुर तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नजिकको प्रहरी टोलीले तत्कालै उपचारको लागी डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो।

दुर्घटनापछि मोटरसाइकलको पछाडि सवार  सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने वर्ष २८ को आकाश तामाङ गम्भीर घाईते भएकाले थप उपचारका लागि केएमसीे अस्पताल सिनामंगल काठमाडौंमा रिफर गरिएको र अर्का सिन्धुपाल्चोक जुगल गाउपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने वर्ष ११ की कोलसङ डोल्मा तामाङ उपचारपश्चात डिस्चार्ज भएको परिसरले जनाएको छ।

दुर्घटनापछि दुवै सवारी साधन र ट्रक चालक चितवन भरतपुर महानगरपालिका १६ बस्ने वर्ष २६ को दुर्गा बहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकृत दीपक गिरीले जाकारी दिए। 

प्रकाशित: १२ चैत्र २०७६ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App