coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन, अब दुई सयसम्म 'सापटी' दिन पाउने

काठमाडौं- टेलिकम सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिन पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको हो।

हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन्। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

 निर्णय कार्यान्वयनको लागि दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको उनले बताए। बढीमा एक महिनासम्मको लागि यस्तो व्यवस्था गरिएको उनले बताए।
यस्तै दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने खनालले जानकारी दिए। यसको लागि प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था सञ्चालक समितिले गरेको छ।

 

प्रकाशित: ११ चैत्र २०७६ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App