coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमै बसेर कसरी काम गर्ने ? ६ टिप्स

काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिरहेको कोविड–१९ का कारण विश्वका ठूला कम्पनी एप्पल, गूगल, एमाजोन र ओराकललगायले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेका छन्। यसले भाइरसको सम्भावित संक्रमणको जोखिम कम हुने विश्वास लिइएको छ। घरमै बसेर काम गर्नु सम्भावित संक्रमणको जोखमबाट बच्न सकिने एउटा उपाय हो। तर कामदारका लागि केही चुनौतिको विषय पनि हो। घरबाट काम गर्ने भनेपछि आरामले गर्ने भन्ने सोच आउँछ। तर उत्पादकत्व र उपलब्धीको कुरा गर्दा भने यो अलिक फरक छ।

घरमै बसेर पनि कामलाई उत्पादनमुलक र उपलब्धिमुलक बनाउने केही सरल उपाय पनि छन्। घरमै बसेर काम गर्दा तपाईले कसैको कडा नियम र तालिका पालन गर्नुपदैन। तपाई आफू अनुकुल ठाउँमा हुनुहुन्छ। यस्तोमा तपाई आफैले पनि क्रियाशिलरुपमा काम गर्न सक्नुहून्छ।

यहाँ घरबाटै काम गर्दा अपनाउन सकिने ६ टिप्सका बारेमा चर्चा गर्दैछौं। जसले तपाईको काम उपलब्धिमुलक बनाउने छ र कोरोना संक्रणको सम्भावित संक्रमणबाट बचाउन मद्दत गर्नेछ।

१ उपयुक्त स्थान छनोट गर्नुहोस्

विभिन्न मानिसका काम गर्ने फरक–फरक तरिका हुन्छन्। कतिपयले टिभी हेर्दै काम सक्नुहुन्छ भने कतिपयले यस्तोमा काम गर्न सक्नुहुन्न। काम गर्दा बस्ने स्थानले पनि तपाइको कामलाई प्रभावकारी बनाउन मद्दत गर्छ। तपाईले काम गर्ने स्थान छनोट गर्दा शान्त र पारिवारिक हल्लाखल्ला कम हुने स्थान वा कोठा छनोट गर्नुहोस्। त्यस्तो स्थान तपाईको घरमै कुनै कोठा पनि हुनसक्छ वा तपाई आफैले पनि वातावरण बनाउन सक्नुहुन्छ।

२ कामको तालिका बनाउनुस्

आफै सुपरभाइजर बन्नुस र दैनिक गर्ने कामको सूची बनाउनुस्। कामको सूची बनाएपछि समय तालिका पनि बनाउनुस्। कुन काम कति बेला गर्ने र सक्ने। आफैले बनाएको तालिका पालना गर्नुस् र तोकिएको काम तोकिएकै समयमा सक्नुस्।

३ तपाई एक्लो हुनुहुन्न

स्वास्थ्य संकटका बेला कोरोनाको सम्भावित संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि सेल्फ आइसोलेसनमा बस्न सामाजिक दूरी घटाउन भनेको छ। यस्तो बेला तपाईले एक्लो महसुस गर्नु हुँदैन। साथीभाइसँग इन्टरनेटको माध्यमबाट कल र भिडियो कल गर्न सक्नुहुन्छ। आफूले गरिरहेको कामको पनि साथीभाइलाई निरन्तर जानकारी गराउनुस्। यसले तपाईलाई एक्लो महसुस हुन दिँदैन। चुस्त पनि बनाउँछ।

४ क्याबिन फिभरदेखि सावधान हुनुस्

लामो समय एकै ठाउँमा बसेर काम गर्दा तपाईलाई अत्यास लाग्छ। घरमा कार्यालयको जस्तो माहोल हुँदैन। डिजिटल मिडियामा आइरहने खवरले झन् एक्लो महसुस बनाउन सक्छ। यसको लागि आफुलाई एक्लो छैन र म सँगै अरु साथीहरुले पनि काम गरिरहेका छन् भन्ने महसुश हुने गरी अन्य साथीको कामबारे पनि नजर लगाउनुहोस्। एकै ठाउँ बस्दा एन्जाइटी, टाउको दुख्ने र तनाव हुनसक्ने अवस्थाको ख्याल गर्नुहोस्। आफ्नो काम परिवारका सदस्यलाई देखाउनुहोस्।

५ आफ्नो ख्याल गर्नुहोस्

जिम र काउन्सिलिङलगायतका क्षेत्रहरु बन्द हुँदा तपाईले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ख्याल गर्नुहुन्न। तर यस्तोमा माथि भनिएको जस्तो तालिकामा काम गर्दा यस्ता कुराहरु छुट्न सक्छन्। तर तालिकामा तपाईले यसलाई राख्न सक्नुहुन्छ। आफ्नै घरभित्र वा काम गर्ने ठाउँमा पनि तपाईले यस्ता काम गर्न सक्नुहून्छ। कोठामै तपाईले मेडिटेसन गर्न सक्नुहुन्छ।

मेडियम डट कममा प्रकाशित सृजना मैनालीको लेखको भावअनुवाद।

 

प्रकाशित: ११ चैत्र २०७६ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App