७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा आगलागी हुँदा १५ लाखको क्षति

file photo

उदयपुर- उदयपुरको एक स्थानीयको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्रियुगा नगरपालिका-२ जोगीदहस्थित हर्कबहादुर विष्टको घरमा सोमबार दिउँसो भएको आगालगीबाट सो बराबरको धनमाल क्षति भएको हो।

दिउँसो ३ बजेको समयमा विद्युत सर्ट भई लागेको आगोले विष्टको सेन्टीबेरा लगाइएको काठको दुईतले घर जलेर घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, कागजात सबै नष्ट भएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए। उनका अनुसार आगोमा जलेर विष्टको गोठमा रहेको एउटा बाख्रासमेत मरेको छ। स्थानीय चौकी र जिल्लाबाट खटेको प्रहरी टोली र स्थानीय मिलेर २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आगलागीले सबै धनमाल स्वाहा भएपछि विष्ट परिवार छिमेकीको घरमा शरण लिएर बसेको छ। पीडित परिवारलाई राहत व्यवस्था गर्न नगरपालिका, रेडक्रस सोसाईटी र प्रशासनसँग आग्रह गरिएको वडाध्यक्ष खत्रीले बताएका छन्।

कोरोना भाइरस (कोभिड-१९) को त्रासका कारण बजार, कलकारखाना, नगरपालिकासहित कार्यालयहरु ‘लकडाउन’ का कारण राहत व्यवस्थापन गर्न असहज भएको वडाले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७६ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App