coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

तेल भर्न गएको ट्याङकर गोरखपुर सीमाबाट फिर्ता

नेपाल फर्किएको ट्याङकर ।

भैरहवा- नेपाल भारत सीमा रुपन्देहीको बेलहिया हुँदै खाली ट्याङकरहरु नेपाल फिर्ता आएको छ। नेपाल आयल निगमको भलवारी डिपोका लागि भारततर्फ पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङ्करहरुलाई भारतीय पक्षले प्रवेश नदिएपछि रित्तै फकिएको छ।

बेलहिया नाका हुँदै भारतको गोरखपुर सीमासम्म पुगेका ४० वटा ट्याङकर त्यहाँको प्रहरीले फर्काइ दिएको जानकारी चालकले दिएका छन्। फर्किएका ट्याङकर तेल भर्न भारत पठाउने विषयमा कुराकानी भइरहेको ट्रान्स नेपाल वेलहियाका प्रमुख रवि पारिखले बताए। अतिआवश्यक वस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थलाई दुवै देशले निर्वाध रुपमा ओसारपसरा गर्न दिने सहमति भए पनि गोरखपुर लकडाउन भएको कारणले ट्याङकर रोकिएको हो, सरोकारवाला निकाय र भारतीय राजदुतावाससँग निर्वाध सुचारु गर्ने विषयमा कुराकानी भइरहेको छ। केहीबेरमा सुचारु हुनेछ। 

यता भैरहवा भन्सार कार्यालयले अतिआवश्यक दैनिक उपभोग्य सामानको आयात निर्वाध रुपले गरिरहेको जनाएको छ। विहानैदेखि ५० बढी दैनिक उपभोग्य मालवाहक तरकारी, फलफूल, खाद्यान्न लगायतका गाडी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पुर्णप्रसाद लम्सालले जानकारी दिए। लकडाउन भए पनि भारतबाट अत्यावश्यक सामाग्री भित्रयाइरहेका छौ। विहानैदेखि ७ वटा ग्यासका बुलेट र १८ वटा पेट्रोलियम ट्याङकर नेपाल भित्रिसकेको छ।

भारतीय क्षेत्र सुनौलीमा लाइन लागेका सबै मालबाहक गाडीहरुलाई भन्सार यार्डभित्र ल्याउनका लागि सीमाका भारतीय पक्षसँग कुराकानी भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए। कोरोनाको सन्त्रासका बावजुद सबै कर्मचारीहरु अलर्ट भएर काम गरिरहेका छौ। सरकारको निर्देशन अनुसार सबै कर्मचारी काममा खटेका छौ मालबाहक गाडी भन्सार यार्डमा आइरहेको छ।

दैनिक २६ करोड ६७ लाख असुली गर्ने लक्ष्य भन्सार विभागले दिएको भए पनि यस्तो अवस्थाको बावजुद दैनिक रुपमा ८० प्रतिशत भन्दा बढी असुली भइरहेको छ। जुन सामान्य अवस्था भन्दा कम  होइन सूचना अधिकारी लम्सालले बताए।

 

प्रकाशित: ११ चैत्र २०७६ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App