coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा बिहान र बेलुका दुई-दुई घण्टा खुला

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले लकडाउनको अवधिमा दैनिक चार घण्टा खुला गर्ने आदेश जारी गरेको छ। लकडाउनको अवधिमा आवश्यक खाद्यवस्तु तथा इन्धन किनमेलका लागि प्रशासनले दैनिक बिहान ७ बजेदेखि दुई घण्टा र बेलुका ४ बजेदेखि दुई घण्टा खुला गर्ने आदेश जारी गरेको हो।

अधिकार प्रत्यायोजन बमोजिम संक्रमण रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारीले प्राप्त गरेको अधिकार प्रयोग गरेर सर्वसाधारणको हितमा आदेश जारी गरिएको प्रशासनले जनाएको छ। मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्म दैनिक बिहान र बेलुका उपभोग्य सामग्री जुटाउनका लागि चार घण्टा खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। यस अवधिमा औषधि, उपचार र अत्यावश्यक कामका लागि भने जुनसुकै समय हिँडडुल गर्न पाइने जनाइएको छ।

औषधि व्यवसायीले औषधि तथा औषधिजन्य सामग्रीको नियमित आपूर्ती गर्ने, अभाव देखाएर मूल्य वृद्धि गर्ने, कालाबजारी गर्ने वा लुकाउने व्यक्तिलाई कारबाही गर्ने तथा सामग्री जफत गरेर रोगको रोकथाम तथा उपचारमा उपयोग गरिने प्रशासनले जनाएको छ। यस्तै, आदेश विपरित सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर विपद जोखिम न्यूनीकरणका काममा प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रकाशित: ११ चैत्र २०७६ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App