१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना कहर, सकसमा स्वास्थ्यकर्मी

सोमवार रोल्पा उद्योग बाणिज्य संघले आयोजना गरेको आकस्मिक सर्बपक्षिय बैठक ।

रोल्पा - सोमवार रोल्पा उद्योग बाणिज्य संघले आयोजना गरेको आकस्मिक सर्बपक्षिय बैठकमा जिल्ला अस्पताल रोल्पाका चिकित्सकहरुले आफुहरुसंग प्रयाप्त मास्क, ग्लोभ्स लगाएत कोरोनाको संक्रमणको आसंका गरिएका बिरामी जाच गर्दा लगाउने गाउन, बुट लगायतका पोसाक नभएको गुनासो गरे। ‘हामिलाई अत्यावस्यक पर्ने उपकरण, पोसाक नै छैन। यस्तो अबस्थामा संकास्पदहरुलाई समेत उपचार गर्न कठिन हुन्छ।’ डा. अनिल केसिले भने। ‘आईसोलेसन कक्ष निर्माणभन्दा पहिले त्यता ध्यान दिनुपर्छ।’

कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाव संकलन गरिने उपकरण (ख्त्ः) समेत नभएको अस्पतालले बताएको छ। महामारीका रुपमा देखिएको कोरोना पहिचानको सुरुवाती सुविधा र चिकित्सकलाई अत्याबस्यक सामाग्रीको अभाब हुँदा राज्यका तर्फबाट सहयोगको कुनै प्रकृया अगाडि समेत बढाइएको छैन।

सोहि बैठकमा आईसोलेसन कक्ष निर्माणका लागि रोल्पा नगरपालिकाले आवस्यक सहयोग गर्ने निर्णय गरे पनि चिकित्सकको आबस्यकताका बारेमा भने कुनै निर्णय गरिएन। जोखिममा रहेको जिल्ला र सोहि जिल्लाको एक मात्र अस्पतालमा सामान्य सुविधा समेत नभएकाले तत्कार सरोकारवालाले ध्यान दिनु पर्ने देखिएको छ।

 

प्रकाशित: ११ चैत्र २०७६ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App