८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कर्णालीका पत्रिका बन्द

वीरेन्द्रनगर- कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुने दैनिक पत्रिकाहरू बन्द हुने भएका छन्। सरकारले मंगलबारदेखि देशलाई ‘लडकडाउन’ गरेपछि पत्रिका वितरण र काम गर्न आउने पत्रकार तथा कर्मचारीलाई समस्या हुँदा यहाँका पत्रपत्रिकाहरू बन्द भएका हुन्।

अवस्था सामान्य नहुँदासम्म पत्रिका प्रकाशन बन्द हुने यहाँका सञ्चार माध्यमहरूले विज्ञप्ती जारी गरेका छन्। नेपालमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने गरी लकडाउन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज यहाँका बजार बन्द छ। बजार सुनसान देखिएको छ।

अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधनसमेत सरकारले सञ्चालनमा पूर्ण रोक लगाएको छ। यस्तो अवस्थामा पत्रिका प्रकाशन गर्न जोखिम भएका यहाँ सञ्चार माध्यमहरुको भनाइ छ।

 

प्रकाशित: ११ चैत्र २०७६ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App