७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

महामारी रोक्न घर नै सुरक्षित

काठमाडौं- कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।

जनस्वास्थ्यका विज्ञहरू सरकारी अनुरोधलाई आमजनसमुदायले गम्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गर्छन्।सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ।कोरोनाको सम्भावित महामारी रोक्न यो सातादेखि सातै प्रदेश र विभिन्न सहर सेमी लकडाउनको स्थितिमा छन्।

सोमबारबाटै चिनियाँ र भारतीय सबै नाकाबाट नेपाल प्रवेश गर्न बन्देज गरिएको छ भने कोभिड–१९ बाट प्रभावित ५० देशबाट हवाई मार्ग हुँदै नेपाल आउन रोक लगाइएको छ।राजधानी सहरका विभिन्न स्थानमा आवतजावतमा कमी आए पनि मानिसहरू झुन्डझुन्ड बनेर बस्ने स्थितिमा भने कमी आएको छैन।रेस्टुरेन्ट, किता/पत्रिका पसल, सार्वजनिक यातायात, किराना पसल र सडकहरूमा बेपर्वाह र असुरक्षित रूपमा मनिसहरूको भीडले कोरोना संक्रमण विस्तार हुन सक्ने चिन्ता विज्ञहरूको छ।

दरबारमार्गको एक होटलमा काम गर्ने ३२ वर्षीया सुष्मा भण्डारीले कोरोनाबारे धेरै सुनेको तर जीविकाका लागि सार्वजनिक बसको यात्रा गर्नैपर्ने स्थिति रहेको बताउँछिन््।महाराजगन्जमा भेटिएका ३५ वर्षीय चन्द्रकान्त पौडेल कोरोनाको विषयलाई लिएर निष्फ्रिकी देखिन्छन््।

‘कोरोनाले नेपाललाई त्यति बिघ्न असर गर्छ जस्तो लाग्दैन,’ उनी भन्छन््।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रियसले गत बुधबार भनेका थिए, ‘यो महामारीलाई रोक्न देशहरूले आइसोलेट, परीक्षण, उपचार र संक्रमितले असर गरेका व्यक्तिको खोजीमा ध्यान दिनुपर्छ।’

 सरकारले पनि विश्व स्वास्थ संगठनका महानिर्देशकका भनाइअनुसार नै आमनागरिकलाई घरमै बस्न र सामाजिक द्ूरी कायम गर्न अनुरोध गरिसकेको छ।‘घरमै बस्नु सबैभन्दा ठ्ूलो सुरक्षा हो,’ सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे भन्छन्।सामाजिक द्ूरी कायम गर्नु भनेको रोग नियन्त्रणमा सहयोग पु¥याउनु हो।उनी महमारीको सम्भावित जोखिमबारे राम्रो ज्ञान र प्रचारप्रसार नभएका कारण आमजनसमुदाय बाहिर निस्केको हुन सक्ने तर्क गर्छन्।

‘सामुदायिक स्तरमा संक्रमण भएको खण्डमा अहिले गरिएको सेमी लकडाउनको स्थितिबाट पुरै लकडाउनमा जानुपर्ने र कफ्र्युसमेत लगाउनुपर्न हुन सक्छ,’ उनी भन्छन््।सरुवा रोगका विशेषज्ञ डा. अनुप सुवेदी समयमै सावधान रहँदा पछि हुने ठ्ूलो क्षति रोकिने तर्क गर्छन्् ।भाइरस टेस्ट अपुगमहानिर्देशक घेब्रियसले बारम्बार यो सरुवा रोगको संक्रमण रोक्न परीक्षणको सबैभन्दा ठ्ूलो भ्ूमिका रहेको बताउँदै आएका छन्।

यो भाइरसको भयावह संक्रमण रोक्न समयमै रोगको परीक्षण गर्नुपर्नेमा उनको जोड छ।तर नेपालमा यो भाइरसको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुन्छ।सोमबारसम्म ६ सय व्यक्तिको परीक्षण भएकोमा पाँच सय ९८ मा यो भाइरस नभएको भेटिएको छ भने हालसम्म दुईजनामा यो संक्रमण रहेको र एकजनालाई निको भइसकेको छ।‘नेपालले दक्षिण कोरियाले जस्तै व्यापक स्तरमा समुदायमा गएर परीक्षण गर्न आवश्यक छ,’ डा. सुवेदी भन्छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा हाल १५ सयजनालाई परीक्षण गर्न सक्ने टेस्ट किट प्रयोगशालासँग रहेको बताइन््।उनले छिट्टै चीनसँग एक लाख टेस्ट किट लिन लागेको पनि जानकारी दिइन्।

प्रकाशित: ११ चैत्र २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App