coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन अनुगमनमा कडाइ

डोल्पा - विश्वव्यापी कोरोना भाइरसको त्रास बढेसंगै हिमाली जिल्ला डोल्पाका बजारहरुमा  दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन थालेको छ। जिल्लाका दुनै त्रिपुराकोट जुफाल र खदाङ्ग लगायतका बजारहरुमा ब्यापारीहरुले दैनिक उपभोग्यबस्तु चामल चिनी तेल र दाल लगायतका बस्तुहरु लुकाएर राखेपछि कृतिम अभाव सृजना भएको हो।

विश्वजगत कोरोना त्रासको संकट झेलिरहेका बेला ब्यापारीहरुले अजायज फाइदा लिने उदेश्यले अत्यावश्कीय दैनिक उपभोग्यबस्तुहरु लुकाएर कृतिम अभाव सृजना गर्न थालेपछि स्थानीय सरकारले बजार अनुगमनलाई कडाई गरेको छ। सरकारले खाद्यन्न लगायतका मानवजीवनका अत्यवकीय दैनिक उपभोग्यबस्तुहरुको ढुवानी साधनहरु निर्वाधरुपमा चलिरहने बताइरहेपनि डोल्पाका ब्यापारीहरुले एक साता अघिदेखि नै चामल तेल चिनी र दाल लगायतका दैनिक उपभोग्यबस्तुहरु लुकाएर कृत्रिम अभाव सृजना गरेका छन्।

विश्व संकटको मौका छोपेर ब्यापारीहरुले कृतिम अभाव सृजना गर्न नपाउन र सर्वसाधारणले खोजेको समयमा दैनिक उपभोग्यबस्तु सर्वसुलभ मुल्यमा किन्न पाउन भनेर बजारमा भएको दैनिक उपभोग्यबस्तुको मौज्दात भण्डारण लगायत सामानहरुको मुल्यसुचि समेतको बजार अनुगमन टोलीले जानकारी लिएको छ।त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्राकुमारी बुढा उद्योग ब्यापार संघका जिल्ला अध्यक्ष लालिमान बुढा जिल्ला प्रशासन कार्यालय डोल्पाका नायव सुब्बा गोरखबहादुर शाही त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यालय प्रमुख रमेश राउत सुरक्षाकर्मि र संचारकर्मि समेतको टोलीले त्रिपुराकोट बगरबजारमा रहेका पसलहरुको अनुगमन गरेको छ।

अनुगमन टोलीले त्रिपुराकोट बजारमा रहेका झण्डै ५० भन्दा बढी किराना तथा ठूला पसलहरुमा मौज्दात रहेको दैनिक उपभोग्यबस्तुको परिमाण हालको मुल्य सुचि र संचितीको अवस्था लगायत म्याद गुज्रेका बस्तुहरुको समेत अनुगमन गरेको छ।अनुगमन टोलीले पसलका ब्यापारी साहुजीहरुलाई विश्ब संकटको घडिमा मानवीयताको असल ब्यावहार प्रदर्शन गर्न र अजायज मुल्य नबढाउन भइरहेको मौज्दात यर्थामा राखेर विक्री गर्न आग्रह गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले बताइन।उनले भनिन् हामिले सकभर ब्यापारी भएपनि यो संकटको घडिमा मानवसेवाको रुपमा कृतिम अभाव नगरेर जे साथमा छ तेहि उपभोक्ताहरु आएको बेलामा जायज मुल्य लिएर सामान विक्री गर्नु भनेका छौ।

यदि तेसो नगरि कृतिम अभाव सृजना गरेर बढी मुल्य लिएर बेचेको पाइएमा वा गुनासो आएमा सम्बन्धित ब्यापारी वा पसलेलाई कडा कारवाही गरिने पनि उपमेयर बुढाले नागरिकलाई बताईन।अनुगमनको क्रममा म्याद गुज्रेका तिन प्याकेट अम्बा चाउचाउ एक प्याकेट टेस्टी विस्कुट आरेन्ज ठूलो फेन्टा ११ बोत्तल र रयिल फ्रुट्री ५४ पिस कब्जा गरेर जलाएर नष्ट गरिएको छ।

प्रकाशित: १० चैत्र २०७६ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App