coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मंगलबारबाट बाजुरा पनि ‘लकडाउन’

बाजुरा - भोलिदेखि बाजुरा जिल्लालाई पर्नि ‘लकडाउन’ गर्ने निर्णय गरिएको छ। प्रशासन कार्यालयमा दिउँसो बसेको जिल्ला सुरक्षा समितिसहित सर्वपक्षीय बैठकले बाजुरा जिल्लालाई भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो। माहामारीको अवस्था नआओस् भनेर पूर्व सतकर्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताएका छन्।

अत्याबश्यक बाहेकका सबै बजार, पसल, यातायातका साधन, उद्योग, भीडभाड हुने कार्यालय विहान र बेलुका बन्द गरिने भएको छ। विहान ११ बजेखि दिउँसो ३ बजे बाहेकको समय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो नै निर्णय लागु हुने भएको छ।

कोरोना भाइरसको प्रकोपले विश्व आक्रान्त बनेको बेला बाजुरामा बजार पसल खुल्ला रहेको र जता ततै भीडभाड भएका कारण कोरोना संक्रमण फैलिए ठूलो क्षति हुने संभावनलाई ध्यान दिन नागरिकहरूले समेत प्रशासनलाई आग्रह गर्दै आएका थिए।

महामारी संकटको मौका छोपेर बजारमा कालो बजारी र बजारमा दैनिक उपभोग्य समानको कृत्रिम अभाव सिर्जना नगर्न बैठकले अनुरोध गर्दै बजार पसल बन्द गरेर सहयोग गर्न पनि अनुरोध गरेको छ। बिहान र बेलुकाको समयमा नै भीडभाड बढी हुने भएकोले दिउँसो उपभोग्य समान खरिद विक्रीका लागि खुला छोडिएपनि बिहान बेलुका बन्द गर्ने निर्णय गरिएको हो। बजा बन्द गरे नगरेको तथा कालोबजारी रोक्न स्थानीय तहलाई थप जिम्मेवार बनाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठठमा समरजित गुल्मका सेननी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रसाद भट्टराई, शसस्त्र प्रहरी बलका डिएपी श्याम रावत, अनुसन्धनका डिएस्पी मोहन प्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी सहीत सहभागी थिए।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, बरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्त उद्योग वाणिज्य संघका अध्यक्ष देबबहादुर रोकाया, नेपाल पत्रकार महासंघका अधयक्ष प्रकाश सिंह, वाणिज्य संघका उपाध्यक्ष गोरख रोकाया मार्तडी बजार ब्यवस्थापन समितिका अध्यक्ष चक्र मल्ल आमन्त्रीत रुपमा बैठकमा सहभागी थिए।

प्रकाशित: १० चैत्र २०७६ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App