coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इटहरीका होटल दश दिनसम्म बन्द

इटहरी- कोरोना भाइरसको संक्रमण विश्व व्यापीरुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि सुनसरीको इटहरीमा रहेका होटलहरु दश दिनसम्म बन्द गरिने भएको छ। भिडभाड हुँदा र नयाँ आगन्तुकमार्फत कोरोनाको संक्रमण फैलिने त्रास बढेकाले गर्दा होटल व्यवसायी संघ इटहरीको बैठकले होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

सरकारले अत्वाश्यक कामबाहेक आवतजावत, हिँडडुल नगर्न, साँस्कृतिक, सामाजिक स्थलमा भिड नगर्न, पार्टी प्यालेस, मठ मन्दिर, मस्जिद, चर्चजस्ता धार्मिक तथा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेकोले होटल व्यवसायी संघ इटहरीले त्यसलाई मध्यनजर राखेर होटल वन्द गर्ने निर्णय गरेको जनाएको छ। होटल व्यवसायी संघ इटहरीले विज्ञप्ती जारी गर्दै यही चैत्र ११ गतेदेखि २२ गते सम्मका लागि होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

होटल व्यवसाय बन्द गर्दा व्यवसायीहरुलाई पर्ने असरलाई मध्यनजर घरभाडा छुट र बैंक व्याज छुटका लागि सम्वन्धीत पक्षलाई आग्रह गर्ने समेत होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली र सचिव उमानाथ दाहालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

इटहरी पूर्वी पहाडी जिल्ला र तराईका मानिस इटहरी भएर आवतजावत गर्ने भएकाले गर्दा बासस्थानको उपयुक्त  प्वाइन्ट भएकैले गर्दा होटल तथा लज बग्रेल्ती छन्।  तीन सय हाराहारी मात्र दर्ता छन्। अहिले इटहरीमा रहेकामध्ये ५० वटा ठूलो लगानीमा होटल सञ्चालनमा छन्। ठूला ५० मध्येपनि दशवटा भने दश करोडभन्दा बढी लगानीमा सञ्चालनमा छन्।

इटहरीका केही सीमित पसलबाहेक अधिकतर बन्द छन्। यहाँका हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायीले पनि आफ्नो व्यवसाय सोमबारदेखि बन्द गरेका छन्।

इनरुवामा पनि उद्योग वाणिज्य संघले चैत २१ गतेसम्म पसल बन्द गर्न सूचना सार्वजनिक गरेको छ। इटहरीमा उपमहानगरपालिकाले माइकिङ् गरि सचेत रहन आग्रह गरेसँगै मानिसहरुको हिडडुल गर्ने क्रम ह्वातै घटेको छ।

यसैबीच, सुनसरीको कोशी गाउपालिकाले समेत गाउँपालिका क्षेत्र भित्र लाग्ने सम्पूर्ण हटियाहरु बन्द गरेको छ। गाउपालिकाले सर्वसधारणहरुमा सूचना जारी गर्दै चैत २१ गते सम्मका लागि गाउँपालिका क्षेत्र भित्र लाग्ने सम्पूर्ण हटियाहरु बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको त्रासका कारण सुनसरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुले अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरेका छन् । जिल्लामा रहेका सरकारी कार्यालयहरुले सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेक कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेको जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, नापी कार्यालय लगायतका सरकारी कार्यालयहरुले अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरेको छ ।

प्रकाशित: १० चैत्र २०७६ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App