coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मंगलबारदेखि पाँचथर ‘लकडाउन’

पाँचथर – कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्नको लागि जिल्लाका  अत्यावाश्यक बाहेकका सबै सवारी साधानहरु बन्द गर्ने तयारी भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माका अनुसार मंगलबार विहानदेखि बाहिर जिल्लाबाट सवारीसाधन  प्रवेश गर्न पाउने छैनन्। बजारका पसलहरु बन्दै  भएका छन्, भने गाँउगाँउमा सञ्चालन हुने हटिया पनि  बन्द गराइएका छन्। 

‘भारतसँग जोडिएको सिमाना बन्द भएको छ। बाहिरी जिल्लाबाट सवारी आवतजावत मंगलबारदेखि रोकिने छ’ उनले भने,‘छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा भईसकेको छ। यात्रुहरूको अलपत्र नहोस् भनेर आईतबार देखि सवारीसाधान चल्न नदिएको हो।’ 

पाँचथर उद्योग वाणिज्य संघले अत्यावश्यक बाहेक व्यापार, पसलहरु समेत बन्द गर्ने निर्णय गरेको छ। सोहि निर्णयका कारण सदरमुकाम फिदिममा पसलहरु बन्द गरिएको छ। सदरमुकामका बासिन्दा गाँउ जादै छन्, भने काठमाडौं लगायतका जिल्ला बाहिर रहेका सदरमुकामवासी फर्किएका छन्। 

पूर्वीपहाडी जिल्लापाँचथर गाउँगाउँमा समेत कोरोनाको त्रास भइरहेको हुँदा चेकजाँचका लागि न्यूनतम आवश्यकताको भने अभाव देखिएको छ। अहिले सर्जिकल मास्क, सेटिनाईजर, ज्वरो नाप्ने थर्माेको  अभाव देखिएको हो। स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने न्यूनतम आवश्यक सामग्रीको समेत अभाव देखिएको हो।

सोमबारबाट अन्य जिल्लाबाट पाँचथर भित्रने मुख्यनाका राँके बजारमा ‘हेल्प डेक्स’ राख्ने निर्णय भए पनि ज्वरो नाप्ने थर्माे अभाव भएकाले डेक्स सञ्चालन नभएको हो। जिल्ला अस्पताल लगायतका स्वास्थ्य केन्द्र ज्वरो नाप्ने थर्माे आभाव देखिएको छ। त्यसो त जिल्ला भित्रने विभिन्न नाकाहरू रहेका छन्। यो स्थानमा ज्वरो नाप्ने यन्त्र छैन्। 

जिल्लामा पहिलो चरणमा २५ बेडको क्वारेनटाईन बनाउने तयारी भएको जिल्ला समन्वय समितिप्रमुख विष्णु सापकोटाले जानकारी दिएकान छन्। राँकेमा रहेको रेडक्रस सोसाईटिको भवनमा दश र फिदिममा रहेको समर्पित अस्पतालमा १५ वेडको क्वारेनटाईन तयार गर्ने निर्णय भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीय तहको सहयोगमा तयार गर्ने सापकोटाले जानकारी दिए। 

प्रकाशित: १० चैत्र २०७६ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App