coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाका बन्द भएपछि ४ सय बढी नेपाली सुनौलीमा अलपत्र

नाका सिल गरीएपछि सुनसान भएको रुपन्देहीको बेलहिया–सुनौली नाका र भारतको प्रवेशद्धार नजिकै अलपत्र परेकानेपालीहरुको भिड।

बुटवल – कोभिड–१९ को त्रासका कारण भारतका बिभिन्न ठाँउबाट नेपाल फर्केका नेपालीहरु अहिले भारतीय सिमावर्ती बजार सुनौलीमा अलपत्र परेका छन्। रुपन्देहीको बेलहिया नाका सिल भएसगै रुपन्देहीको सिमावर्ती भारतीय बजार सुनौलीमा ४  सयको हाराहारीमा नेपालीहरु अलपत्र परेका हुन्।

भारतको दिल्ली, राजश्थान, कानपुर, पुर्णे, बैङलोर लगायतका स्थानबाट घर फर्केकाहरु अहिले भैरहवाको सिमावर्ती भारतीय बजार सुनौलीमा अलपत्र छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, नुवाकोट, प्युठान, बाग्लुङ लगायतका जिल्लाका नेपालीहरु घर फर्केन लागेका हुन्।

अलपत्र पर्नेहरुमा परिवारसहित आएका महिला तथा स–साना बालबालिकाहरु पनि छन्। दुई ÷तीन बर्षका सा साना बालबालिका बोकेका महिलाहरु सुनौलीको सडक पेटीमा बिहादेखि अलपत्र बसेका छन्। सुनौलीमा पनि अधिकांश पसल तथा होटल रेष्टुराहरु बन्द रहेकाले बालबालिकाहरुलाइ भोकै सडकमा राख्नु परेको गुनासो उनीहरुले गरेका छन्। राजस्थानबाट आफनो घर अर्घाखाँचीका लागि आएका एक जना युवाले आजदेखि नाका बन्द हुने कुरा आफुहरुलाइ जानकारी नै नभएको बताए। आफुले काम गर्ने होटल बन्द गरेर मालिकले बेतलबी बिदा दिएपछि घर फर्कनु परेको ती युवाले बताए।

बैङलोरबाट आएका अर्का एकजनाले पनि भारतका बिभिन्न स्थानमा स्वास्थ्य जाँच गरेर आइरहेको र थप जाँच गरेर भएपनि आफुहरुलाई घर जान दिनु पर्ने बताए। संकटका बेला हामीलाई हाम्रै घर जान नदिने हो भने कहाँ जाने त? ती युवाले आक्रोसित हुदै भने। नाकामा अपलत्र परेकाहरुले आफुहरु नेपाल सरकराको निर्देशन अनुरुप स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइनमा बस्न पनि राजी भएको भन्दै आफनो घर जान पाउनु पर्ने माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले भने नाका पारी साढे २ को संख्यामा नेपालीहरु अलपत्र परेको बताए। नाकामा अलपत्र परेकाहरुका सम्बन्धमा गृहमन्त्रालय जानकारी गराइसकेको छ केन्द्रकै निर्देशन कुरीरहहेको जानकारी दिए। सरकारले भारत र चिनसंगका नाकाहरु आज बिहान १० बजेदेखि बन्द गर्ने निर्णय गरेसगै बेलहिया नाकामा आवतजावत रोकीएको छ। नाका बन्द हुनुअघि अर्थात बिहान १० बजेसम्म यो नाकाबाट आज मात्रै ६ सय १५ जना नेपालीहरु भित्रीएका थिए। त्यसपछि आउनेहरु भने अहिले सुनौली बजारमा अलपत्र छन्।

मालबाहक गाडीहरु भने निर्वाध रुपमा चलिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वारी अधिकारीले बताए। यात्रुबाहक बस र व्यक्ति आवतजावत पूर्ण रुपमा रोकेका छौ। तर मालबाहक गाडीहरु आइरहेका छन्’अधिकारीले भने।

प्रकाशित: १० चैत्र २०७६ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App