coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जातीय भेदभाव गर्ने घरवेटी धरौटीमा रिहा

काठमाडौं- काठमाडौंमा अध्ययनरत कैलालीकी विद्यार्थी दीपा नेपाली माथि जातीय भेदभाव गरेको आरोपमा थुनामा रहेका चारै जनालाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गरेको छ। उनीहरुलाई जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन अनुसार प्रहरीले पक्राउ गरेको थियो।

यो ऐनमा जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ ले यस्तो फौजदारी अपराधका आरोपितलाई धरौतीमा सम्पर्कमा राखेर अनुसन्धान गर्ने व्यवस्था भएकोले छोडेको जिल्ला अदालत काठमाडौले जनाएको छ। उनीहरुले प्रति व्यक्ति ३५ हजार रुपैंया धरौटी राखेर रिहा भएका हुन्। रिहा हुनेहरुमा काठमाडौं तारकेश्वर –१० का सरकारी कर्मचारी श्रीकृष्ण विंडारी,उनकी पत्नी राधिका विंडारी र सोही घरमा वहालमा बसी दीपाको परिवारलाई जातीय भेदभावमा सघाउने जनकराज ढुंगाना,सन्तोषी ढुंगानालाई प्रहरीले दुई साता अघि हिरासतमा राखेको थियो। पीडित परियारले चारै जना माथि किटानी जाहेरी दिएकी थिइन्। जाहेरी माथि वहस गर्नेहरुमा अधिवक्ता  प्रकाश नेपाली,चक्रमान विश्वकर्मा,सीताराम घले र राम बहादुर मिजार छन्।

अधिवक्ता प्रकान नेपालीका अनुसार ऐन अनुसार मुद्दाले दोषी ठहर भएमा तीन वर्षसम्म जेल र सरकारी कर्मचारी विंडारीको हकमा थप सजायँ जागिर समेत वर्खास्त हुने  प्रावधान छ। विंडारी परिवारले घरमा डेरा बसेका नेपाली दिदी भाइलाई जात थाहापाएपछि नै अनेक रुपमा कोठा सर्न बाध्य बनाएका थिए।

प्रकाशित: १० चैत्र २०७६ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App