coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा हैन संशोधन प्रस्ताव इतिहासमा दर्ता गरेको छु: प्रधानमन्त्री

चितवन-प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस पहाड हिमाललाई जुटाएर लैजान र विखण्डनकारी नीति अंगालेकाहरुलाई एक्लाउन र नङ्ग्याउन संविधान संसोधन प्रस्ताव दर्ता गरेको बताएका छन्। ‘मैले यो प्रस्ताव संसदमा हैन इतिहासमा दर्ता गरेको हो। यसको हिसाव इतिहासले गर्छ। म सवै राजनीतिक दलका साथीहरुलाई भन्छु हेर्दै जाउँ इतिहासले केलाई सही सावित गर्छ’ प्रधानमन्त्री दाहालले भने।

                सोमबार दिउँसो चितवन उद्योग वाणिज्य संघले नारायणगढ नारायणी नदी किनारमा आयोजना गरेको चितवन महोत्सवको उद्घाटन गर्दा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले आफुले लिएको सवैलाई जुटाउने नीति वा एउटा समुदायलाई अलिकति निषेध, अलिकति अपमानित गरेको नीति सही हुन्छ यो इतिहासले नै मुल्याङ्कन गर्ने बताए।

                संविधान संसोधन प्रस्ताव अगाडी बढाउने विषयमा एमाले अध्यक्ष केपी ओली र आफुबीच आइतबार एक डेढ घण्टा छलफल भएको र प्रकृया अगाडी बढाउन सहमति भएको उनले बताए । संसद खुलेका कारण निर्वाचन सम्बन्धि विधेयक पारित हुने र संविधान संसोधनको विषय पनि टुंगोमा पुग्ने उनले बताए । यी विषय चाडै टुङ्गिने र देश निर्वाचनमा होमीने प्रधानमन्त्री दाहालको भनाइ थियो।

                ‘मैले सरकारको नेतृत्व गर्दा असन्तुष्ट रहेका पक्षहरुबीच विश्वासको वातावरण बन्छ। थारु जनजाति, मधेसी सवैलाई विश्वासमा मैले लिन सक्छु । संविधानको स्वीकार्यतालाई फराकिलो बनाएर संविधान कार्यन्वयनमा लैजान सक्ने मात्रै मै हुँ भन्ने लागेर नै प्रधानमन्त्री भएको हुँ’ दाहालले भने। प्रधानमन्त्री बन्ने चाहना भएको भए संविधान जारी नहुँदै आफुलाई प्रस्ताव आएको र स्वीकार नगरेको उनले बताए।

                चार महिना लगाएर संविधान प्रस्ताव तयार गरेको र हिजो एमाले, माओवादी र कांग्रेस सवैको सहमति रहेको विषय नै प्रस्तावमा राखेको दाहालले बताए । ‘पाँच नम्बर प्रदेशको विभाजनको विषय जुन संसोधन प्रस्तावमा परेको छ त्यो हिजो सवैले स्वीकार गरेकै हो । त्यति गरेर जाँदा राष्ट्र एकतावद्ध हुन्छ र हिमाल, पहाड, तराई र सवै समुदाय चुनावमा जान्छ भने संसोधनमा आपत्ति गर्नु कुनै कारण छैन’ प्रधानमन्त्री दाहालले भने।

               

 

प्रकाशित: २५ पुस २०७३ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App