coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश २ का सबै नाका बन्द, सुरक्षाकर्मी सीमा केन्द्रीत

सील गरिएको सिरहाको माडर नाकामा। यस नाकामा आउने यात्रुहरुलाई बिहानैदेखि सुरक्षाकर्मीहरुले घर फिर्ता पठाउँदै छन्। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - सोमबार बिहान प्रदेश २ का सीमा नाका सील गरी आवगमनमा रोक लगाएको छ। दक्षिणी सीमा नाकाबाट तीव्र आवागमनका कारण कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सीमा नाका पूर्ण रुपमा सील गरिएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले सोमबारबाट नाका बन्द गर्ने गरेको निर्णय सुरक्षा अधिकारीहरुले कार्यान्वयनमा ल्याएका छन। प्रदेश २ को मुख्य नाका विरगंजबाट मालसामानका गाडी आउजाउमा रोक छैन।

चालक र सहचालक सहित मालसामानका गाडीको आउजाउमा छुट दिइएको प्रदेश २, सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालयले जानकारी दिए। बाँकी नाकाबाट पैदल आउजाउ समेत पूर्ण रुपमा बन्द गरिएको उनले बताए।

हामीले सम्पूर्ण सुरक्षाकर्मीलाई सीमामा केन्द्रित गर्दै छौं अर्यालले नागरिकसँग भने,‘सीमामा मोटरसाइकल, साइकल र पैदल गस्ती बढाउँदै छौं।’ खुला सीमाको आडमा कोही पनि वारि आउन नपाओस भनेर सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालित गरिएको उनले बताए। प्रदेश २ को ८ वटा जिल्लामा विरगंजसहित ३९ वटा भन्सार नाका छन्। प्रदेश २ का ८ वटै जिल्ला भारतसँग जोडिएका छन्।

प्रदेश २ का सुरक्षा अधिकारीहरुले आइतबार भारतीय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा पर्साको विरगंजसहित सप्तरीको तिलाठी, सिरहाको ठाढी र माडर, धनुषाको जटही, महोत्तरीको भिठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर नाका मात्र कडा सुरक्षा निगरानीमा खुल्ला गरेको थियो। बाराको सबै नाका बन्द गरिएको थियो।

खुला गरिएका नाकाबाट पनि भारतमा रहेका नेपालीलाई मात्र आउन छुट थियो। घरमै १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने सर्तमा उताबाट आउने नेपालीलाई सीमा नाकाबाट प्रवेश दिइएको थियो।

प्रकाशित: १० चैत्र २०७६ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App