coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लवका दाइ जयन्द्रसहित ६ जना पक्राउ

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयन्द्र चन्दसहित ६ जना पक्राउ परेका छन्। ललितपुर प्रहरीले जावलाखेलबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले विनोद चन्द,अनिल कुमार पुन मगर, प्रेम केसि, कृष्ण बहादुर थापा मगर र कमल प्रसाद सुनुवारलाई पक्राउ गरेको हो। पक्राउ परेका जयन्द्र चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन्।

यो समूहले अपराधिक कार्य गरेर अर्थिक लाभ लिदै आएको डीएसपी सन्तोष तामाङले बताए। उनका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० चैत्र २०७६ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App