सिल्कको जहाज बिना अनुमति अवतरण

सोमबार, १० चैत २०७६, ०९ : ०२ नागरिक

काठमाडौं – सिंगापुर एयरलाइन्सको भगिनी संस्था सिल्क एयरको ४१६ डेल्टा बोइङ ७३७–८ जहाज बिनाअनुमति शनिबार राति सिंगापुरबाट नेपाल प्रवेश गरेको छ।

सिंगापुरबाट विदेशी नागरिकसहित ९८ यात्रु बोकेर आएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटिसी)ले अवतरण अनुमति नदिँदा पनि नेपाल प्रवेश गरेको हो। सिंगापुरबाट आउँदै गरेको उक्त जहाजलाई विमानस्थल टावरले अवतरण अनुमति नरहेको भन्दै बगंलादेशको आकाशबाटै फर्कन निर्देशन दिएको थियो। उक्त निर्देशन तोड्दै इन्धन कम भएको बहानामा अवतरण गरेको विमानस्थल स्रोतको दाबी छ। बंगलादेशको आकाशमा रहँदै सूचना दिए पनि नेपालमा अवतरण अनुमति नरहेको जानकारी पाएको चालक दलले विमानमा फर्कने इन्धन नरहेको भन्दै इन्धन भरेर यात्रु नओराली फर्किने सर्तमा त्रिभुवन विमानस्थलमा अवतरणको मौका पाएको थियो।

अध्यागमन विभागका अनुसार विमान कम्पनी र नागरिक उड्डयन प्राधिकरणको समन्वय अभावमा ती यात्रुले नेपाल प्रवेश पाएका हुन्। प्रतिबन्धित देशका नागरिक बोकेर उडान भर्नुमा विमान कम्पनीको दोष देखिन्छ। शनिबार विहान मात्रै दिल्लीबाट आएको एयर इन्डिया र बैंककबाट आएको थाई एयरका यात्रुलाई नेपाल अवतरण गर्न दिनु उड्डयन प्राधिकरणको कमजोरी रहेको नाम उल्लेख नगर्ने सर्तमा अध्यागमन विभागका एक अधिकारीले बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियम अनुसार कुनै पनि जहाजलाई आकाशमै होल्ड गर्न मिल्दैन। त्यसैले अवतरण गराउनु परेको जनाउँदै विमान कम्पनीले नै नियम अनुसार हवाई यात्रु नबोकेको समेत स्रोतको आरोप छ।

प्रतिबन्धित देशका नागरिक बोकेर अवतरण गरे पनि अन्त्यमा विमान कम्पनीले आफ्नो गल्ती स्विकार्दै फर्कन खोज्दा जहाजभित्र रहेका नेपालीले ओर्लन दिनुपर्ने भन्दै जहाजभित्रै हो–हल्ला गर्न थालेपछि सबैलाई बाहिर निस्कन दिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ। पाइलटले त्यस्तो अवस्थामा कुनै पनि हालतमा सिंगापुर फर्कन नसक्ने बताएपछि जहाजमा रहेका सबैलाई बाहिर निकाल्नुको विकल्प नरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उक्त जहाजमा नेपाल आउन प्रतिबन्ध रहेका देशबाट आएका तीनजना यात्रु ट्रान्जिटमार्फत नेपाल प्रवेश गर्न खोजेकाले जहाजलाई नेपालमा यात्रु ओराल्न नदिएको जनाएको छ।

‘विमानलाई नेपालमा अवतरणको अनुमति नरहेको जानकारी गराउदाँ विमान बंगलादेशको आकाशमा थियो,’ प्राधिकरणका अधिकारीका अनुसार, ‘जहाजले काठमाडौंमा अवतरण गरेपछि एटिसीले जहाज पुनः सिंगापुर लैजान गरेको आग्रहपछि विमानभित्रै नेपालीले नाराबाजी समेत गर्न भ्याइसकेका थिए।’ विमानभित्र रहेका नेपालीले जहाजभित्र हल्ला गरेको बाहिर नै सुनिन थालेपछि जहाजभित्रको अवस्था र यात्रुबारे चालक दलका सदस्यसँग एटिसीले जानकारी मागेको थियो। चालक दलका सदस्यले विमानभित्र नेपाली मूलका विदेशी नागरिक रहेको पाइएपछि राति नै आपतकालीन बैठक बसेको प्राधिकरणका ती अधिकारीको भनाइ छ।

उक्त विमानमा नेपाली मूलका नागरिकसहित धेरैजसो माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, इन्डोनेसिया तथा नेदरल्यान्डबाट आएका यात्रु थिए। जहाजमा ९८ जना यात्रु रहेको र उक्त संख्यामध्ये तीनजना प्रतिबन्धित देशबाट आएकाले उनीहरु सबैलाई फर्काउने कि क्वारेन्टाइनमा पठाउने भन्नेबारे बैठकमा छलफल भएको थियो। करिव एक घन्टा चलेको उक्त बैठकबाट नेदरल्यान्डबाट आएका एकसहित जापानबाट आएका दुईजनालाई भक्तपुरस्थित क्वारेन्टाइन पठाउने निर्णय गरिएको थियो भने अन्य ९५ यात्रुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्ने गरी जहाजबाट बाहिर निस्कन दिइएको थियो। विमानस्थलमा बैठक जारी रहँदा जहाजभित्र रहेका यात्रुले नाराबाजी गर्दै आफूहरुलाई विदेशी बोकेको जहाजमा किन बोकेर ल्याएको जस्ता प्रश्न राख्दै जहाजभित्रैबाट भिडियोहरु सार्वजनिक गरेका थिए।

सन् २०१४ बाट नेपाल उडान थालेको सिल्कको जिएसए एभरेस्ट एक्सप्रेस इन्टरनेसनल हो। जहाजको ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायुसेवा निगमले गर्दै आएको छ। नेपाल अवरतण गरेको झण्डै २० घन्टापछि जहाज आइतबार दिउँसोे एक सय ६२ यात्रु लिएर सिंगापुर फिर्ता भएको छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad