संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प: डा. भट्टराई

सोमबार, २५ पुष २०७३, १८ : ५३ नागरिक

काठमाडौँ- नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले सोमबार आयोजना गरेको ‘संविधान संशोधनको आवश्यकता’ बिषयक विचार गोष्ठीमा उनले भने– “संविधानमा थुप्रै कमीकमजोरी भए पनि नेपाली जनताले जारी गरको यो पहिलो संविधान भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईले “अघिल्लो संविधानसभामा आन्दोलनकारी शक्तिको सङ्ख्या धेरै भए पनि अनुभव नभएका कारणले संविधान बन्न नसकेको” उल्लेख गर्दै “अहिले संविधान विरोधी शक्ति धेरै हुँदा संविधानले समेट्नुपर्ने विषयलाई समेट्न नसकेको बताए।


सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान परिमार्जन नै अहिलेको उत्तम उपाय भएको बताउँदै “सत्ताप्राप्तिको हतारमा संविधान ल्याउँदा मुलुकले यो अवस्था भोग्नुपरेको हो भने।”

अहिलेको संविधानले विसं २०६३ को अन्तरिम संविधानले समेटेको अधिकारलाई समेत खोसेको आरोप लगाउँदै उनले पछिल्लो समय संसद्मा टेबुल भएको विधेयकसमेत मधेसी मोर्चाका नेतासँग सल्लाह नगरी ल्याएकोमा आक्रोस व्यक्त गरे।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जनताले स्वामित्व लिन सकेमात्र संविधान स्थायी हुने भन्दै संविधानलाई सबैको स्वामित्व स्थापित गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताए।

राजनीतिक विश्लेषक सिके लालले हतारमा संविधान निर्माण गर्ने व्यक्तिलाई नै संशोधनको आवश्यकता परेको भन्दै संशोधन गर्दा सबै दलको सहमतिको खाँचो आवश्यक रहेको बताए।  रासस

 






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad