coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइतबार डेढ लाख भन्दा धेरैले उपत्यका छाडे

काठमाडौं – नोवेल कोरोना संक्रमणको सन्त्रास बढेपछि काठमाडौं उपत्यकाको मुख्य तीनवटा नाकाबाट डेढलाख भन्दा धेरै यात्रु गाउँ फर्किएका छन्। सरकारले आइतबार मध्यरातिदेखि लामो दूरीका सवारी साधनमा रोक लगाउने निर्णय गरेसँगै विहान सबेरैदेखि उपत्यबाट बाहिरिने यात्रुको चाप देखिएको थियो।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार विहानदेखि बेलुकासम्म करिब डेढ लाख यात्रुले उपत्यका छाडेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले आइतबार मात्रै डेढ लाखभन्दा धेरै उपत्यकाका तीन नाकाबाट बाहिरिएको बताए। ‘आइतबार बिहानैदेखि तीनवटै नाकाबाट डेढलाख भन्दा धेरै यात्रु  आ–आफ्नो घर फर्किएका छन्,’ उनले भने, ‘बिहानैदेखि बाहिरिने यात्रुको चाप अत्यधिक थियो।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन दिनमा तोकिएको टिकटभन्दा धेरै पैसा उठाउने ४६ बिचौलियालाई कारवाही गरेको जनाएको छ। महाशाखाका अनुसार शुक्रबार टिकटमा बिचौलिया गर्ने नौजना कारवाहीमा परेका थिए।शनिबार १७ जना र आइतबार २० जना कारवाहीमा परेको जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो समय उपत्यकाबाट करिब आठदेखि १० लाखयात्रु आ–आफ्नो गाउँघर फर्किएको दाबी गरे।‘नोवेल कोरोनाको संक्रमणको सन्त्रास बढेसँगै  उपत्यका बाहिरिनेको संख्या ह्वातै बढ्यो,’ उनले भने, ‘यातायात व्यवसायीले सम्भव भएसम्मको सवारी उपलब्ध गराएर घर जाने  वातावरण तयार पार्‍यौं।’ महासंघका महासचिव सिटौलाले सरकारले आन्तरिक विमान सेवा सञ्चालनगर्ने र लामो यात्रुबाहक बस सेवा रोक्ने निर्णय गरेर विभेद गरेको बताए। ‘सरकारले आन्तरिक विमानसेवा सञ्चालन गर्ने निर्णय गरेको सुनिएको छ। तर लामो दुरीका यातायात सेवा ठप्प  गर्ने निर्णय विभेद गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘३० जनायात्रु बोक्ने बस रोक्ने। तर ८० जनायात्रु बोक्ने विमान नरोक्ने निर्णय अलि विभेद गरे जस्तो देखिन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेका थिए। आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय  हवाई उडान आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ। देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवाप्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App