coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ‘जनता कर्फ्यु’ लागु

‘जनता कफ्यु’ लागु भएपछि सुनसान देखिएको भारतको गुजरात राज्यस्थित सुरत सहर। तस्बिर : एएनआई

नयाँ दिल्ली – कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलदै गएपछि भारतमा आइतबार ‘जनता कर्फ्यु’ लागु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कफ्यु’ लागु भएको घोषणा गरे। ‘जनता कफ्यु’ लागू भएपछि भारतका बसपार्क, रेलवे स्टेसन, बजार सुनसान देखिएका छन्। यो अवधिमा औषधी पसल तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल मात्रै फाट्टफुट्ट सञ्चालन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा थप दुईको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भारतमा आइतबार थप दुई जनाको ज्यान गएको बिबिसीले जनाएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। वर्ल्ड ओमिटरडटइन्फोका अनुसार भारतमा तीन सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २४ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

प्रकाशित: १० चैत्र २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App