coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति

सिरहाको सुनसान माड्र नाका। तस्बिर: मिथिलेश/नागरिक

लहान – प्रदेश २ मा भारतीय पक्षसँगको सहकार्यमा सीमा नाकाबाट आउजाउमा कडाइ गरिएको छ। भारतको बिहारमा कोरोना फैलिएपछि खुला सीमाका कारण नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै भारतीय अधिकारीको सहकार्यमा सीमा नाकाबाट हुने आउजाउमा कडाइ गरिएको हो। सुरक्षा अधिकारीका अनुसार यो करिब–करिब सीमा सिलकै अवस्था हो।

दुई पक्षका सुरक्षा अधिकारीको समन्वयमा सप्तरीको तिलाठी, सिरहाको ठाढी र माड्र, धनुषाको जटही, महोत्तरीको भिठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर, पर्साको विरगन्ज नाकामात्र खुला गरिएका छन्। यी नाकामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। बाराको सबै नाका बन्द गरिएको छ। खुला गरिएका नाकाबाट मात्र भारतमा रहेका नेपालीलाई आउन छुट छ। घरमै १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने सर्तमा उताबाट आउने नेपालीलाई सीमा नाकाबाट प्रवेश दिइनेछ। भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको छ।

प्रदेश २ सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालका अनुसार अहिलेको अवस्था चुनावका बेला गरिएको जस्तै दुईतर्फी सुरक्षा समन्वयमा भएको हो। ‘यसलाई कुन भाषा प्रयोग गर्नुहुन्छ मलाई थाहा भएन,’ उनले भने, ‘हामीले दुईतर्फी आउजाउलाई पातलो पार्न खोेजेका हौं।’ प्रदेश २ को ८ वटा जिल्लाका ८ वटा नाका कडा सुरक्षा निगरानीमा खुला गरिएका छन्। प्रदेश २ मा ३९ वटा भन्सार नाका छन्। प्रदेश २ का ८ वटै जिल्ला भारतसँग जोडिएका छन्।

कोरोनाको सम्भावित खतरा रोक्न निश्चित नाकाबाट मात्र स्वास्थ्य जाँच गरेर नेपालीलाई प्रवेश दिने बन्दोबस्त मिलाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले बताए। भारतमा आइतबार जनता कफ्र्यु घोषणा गरेकाले सीमानाका करिब करिब सुनसान रह्योे।

‘दुई देशका सुरक्षा अधिकारीको समझदारीमा सीमानाकामा चुनावकै बेलाजस्तो रणनीति अपनाइएको छ,’ डिआईजी कार्कीले भने, ‘अनावश्यक आउजाउलाई ठप्प पार्ने हो।’ भारतमा कोरोना फैलिएसँगै सीमा क्षेत्रका ७५ ठाउँमा हेल्प डेस्क र प्रहरीको जाँच केन्द्र स्थापना गरिएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App