coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट विश्वभर १३ हजार ६ सयभन्दा बढीको मृत्यु

इटालीको रोमस्थित कोलम्बस कोभिड २ हस्पिटलबाहिर एम्बुलेन्सबाट एक बिरामीलाई स्टेचरमार्फत बायोकन्टेन्मेन्ट युनिटमा लगिँदै । तस्बिर : एपी

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर १३ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ। वर्ल्ड ओमिटरडटइन्फोका अनुसार आइतबार बेलुकासम्म त्यहाँ १३ हजार ६ सय ७१ जनाको ज्यान गएको छ। आइतबार त्यहाँ ६ सय ६४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी चीन, इटाली, स्पेन, जर्मनी, इरान प्रभावित छन्। आइतबार बेलुकासम्म चीनमा ८१ हजार ५४ जनाको ज्यान गएको वर्ल्ड ओमिटरडटइन्फोले संक्रमण पुष्टि भएको छ। जसमध्ये ४६ जना नयाँ संक्रमित हुन्। चीनमा तीन हजार दुई सय ६१ जनाले ज्यान गुमाएका छन्। चीनपछि इटालीमा संक्रमित बढी छन्। त्यहाँ ५३ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणबाट ज्यान गुमाउने भने इटालीमा धेरै छन्। इटालीमा चार हजार आठ सय २५ जनाले ज्यान गुमाएका छन्।

संक्रमणका आधारमा स्पेन तेस्रो स्थानमा छ। त्यहाँ २८ हजार पाँच सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ७६ नयाँ संक्रमित हुन्। कोरोनाबाट ज्यान गुमाउने संख्याका आधारमा स्पेन चौथो स्थानमा छ। त्यहाँ एक हजार सात सय ५३ जनाको ज्यान गएको छ। कोरोनाबाट प्रभावित देशको सूचीमा चौथो स्थानमा छ, संयुक्त राज्य अमेरिका। त्यहाँ २६ हजार नौ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई हजार सात सय दुई जनामा नयाँ संक्रमित हुन्।

यस्तै, जर्मनीमा २३ हजार नौ सय ३७ र इरानमा २१ हजार ६ सय ३८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। ती देशमा क्रमशः ९३ र एक हजार ६ सय ८५ जनाको ज्यान गएको वर्ल्ड ओमिटरडटइन्फोले जनाएको छ। उपचारपछि सन्चो भएर घर फर्किने चीनमा बढी छन्। त्यहाँ ७२ हजार चार सय ४० जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। यो उपचारपछि सन्चो भएर घर फर्किनेको ८९.३७ प्रतिशत हो।

अन्य देशमा भने यो संख्या निकै न्यून छ। इटालीमा ६ हजार ७२, स्पेनमा दुई हजार एक सय २५, अमेरिकामा १७८, जर्मनीमा दुई सय ६६ र इरानमा सात हजार ६ सय ३५ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। छिमेकी भारतमा भने ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ जनाको ज्यान गएको छ भने २४ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना संक्रमण विश्वका एक सय ८८ देश तथा टेरिटोरी (क्षेत्र)मा देखिएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App