coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सगरमाथाका तीन जिल्लामा ईन्टरनेट ठप्प

खोटाङ– रेडियो लिंकमा आएको खराबीका कारण माथिल्लो सगरमाथाका तीन जिल्लामा दुई दिनदेखि ईन्टरनेट सेवा ठप्प भएको छ। रेडियो लिंकमा आएको समस्याका कारण नेपाल टेलीकमको राजबिराज कार्यालय अन्तरगतका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा आईतबारदेखि एडिएसएल र वाईम्याक्स ईन्टरनेट सेवा ठप्प भएको हो। ईन्टरनेट सेवा नचल्दा तीन वटै जिल्लाका सरकारी कार्यालय, गैर–सरकारी कार्यालय, सञ्चारमाध्यम, संघसंस्था लगायतको कामकाज प्रभाबित भएको छ। दुई साता अघिदेखि पटक–पटक समस्या देखिएको ईन्टरनेट सेवा आईतबारदेखि पूर्णरुपमा ठप्प भएको सेवाग्राहीको गुनासो छ। ईन्टरनेट नचल्दा ईन्टरनेटमा निर्भर कार्यालयीय तथा निजी कामहरु प्रभाबित भएका छन्। ईन्टरनेट ठप्प हुँदा कार्यालय सञ्चारबाट बञ्चित बनेको नवयुवा फुलपाती सेवा समाज खोटाङका अध्यक्ष धनप्रसाद गिरीले बताए । ‘ईन्टरनेट नचल्दा हामी बेखबर बनेका छौँ, के ले चलाउने ईन्टरनेट ?,’ गिरीले भने, ‘कार्यालयका चिट्ठीपत्र तथा महत्वपूर्ण कागजात आदान प्रदान गर्न समेत अप्ठ्यारो आइपरेको छ।’ एडिएसएल र वाईम्याक्स ईन्टरनेट नचल्दा साईबर बसेर सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ता पनि मारमा परेका छन्। एडिएसएल र वाईम्याक्स ईन्टरनेटको सट्टामा हाल सेवाग्रहीले एडिएसएल मोडेमबाट आ–आफ्नो आकस्मिक काम गरिरहेका छन्।

हालसम्म नेपाल टेलिकमले राजबिराज, उदयपुरको चित्रे, सोलु र ओखलढुंगाको डाँडाखर्क तथा हेटौँडा स्टेसनमध्ये फल्ट भएको स्थान पत्ता लगाउन सकेको छैन। राजबिराज कार्यालयले रेडियो उपकरण फेर्नेक्रममा थप समस्या देखिएको बताइएको छ। बिराटनगर र राजबिराजका प्राबिधिकले समेत हालसम्म फल्ट पत्ता लगाउन नसकेपछि काठ्माण्डौंबाट प्राबिधिक झिकाईएको जानकारी आएको नेपाल टेलिकम शाखा कार्यालय दिक्तेलका प्रमुख भरोसी शाहले बताए। ‘हालसम्म फल्ट पत्ता लागेको स्थान पत्ता लागेको छैन, काठमाडौंबाट प्राबिधिक बोलाइएको जानकारी आएको छ,’ शाहले भने, ‘अवरुद्ध ईन्टरनेट सुचारु हुन अझ दुईदेखि तीन दिन लाग्न सक्छ।’

प्रकाशित: २५ पुस २०७३ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App