coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अत्यावश्यकबाहेक सुर्खेतका अन्य व्यवसाय बन्द

सुनसान वीरेन्द्रनगरस्थित बुद्धपथ । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसलबाहेक अरु बन्द हुने भएका छन्। आइतबार सुर्खेत उद्योग वाणिज्य संघ र वस्तुगत समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

जिल्लामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु (खाद्य, खुद्रा तथा किराना पसल, मेडिकल, तरकारी पसल, नास्ता पसल तथा इन्धन तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण) बाहेकका अरु सबै पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ। आधारभूत उपभोग्य वस्तुको कृत्रिम अभाव वा कालोबजारी नगरी सहजरुपमा वस्तु तथा सेवा प्रवाह गर्न, ग्राहक उपभोक्ता धेरै भीडभाड नगराई सरकार तथा चिकित्सकद्वारा निर्धारित मापदण्ड अपनाई आफ्नो र ग्राहकको सुरक्षाका लागि सतर्कता र सुरक्षाविधि अपनाउन अनुरोध गरिएको छ।

कोरोना भाइरसको त्रास बढ्दै गएपछि सुर्खेतका बजार सुनसान हुँदै गएका छन्। यहाँ मान्छेको र सवारी साधानको आवतजावतमा कमी आएको छ। अर्काे निर्णय नआउँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको सुर्खेत उद्योग वाणिज्य संघका सचिव रामप्रसाद पाण्डेले जानकारी दिए।

 

प्रकाशित: ९ चैत्र २०७६ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App