coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

रौतहटको चन्द्रनिगाहपुर–गैडाटार जोड्ने चाँदी खोलामा निर्माण हुन लागेको पक्कि पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक। तस्बिरः मदन ठाकुर

राैटहट– भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले संविधान संशोधन गरेर देशलाई निकास दिन आग्रह गरेका छन् ।    

राैतहतकाे चन्द्रपुर नगरपालिकका अन्तर्गत गैडाटारस्थित चाँदी नदीमा बन्ने पुलकाे शिलान्यास गर्दै मन्त्री रमेश लेखकले यस्ताे बताएका हुन्। संविधानको स्वीकार्यता नभएको कारण निर्वाचनलगायतका सवै महत्वपूर्ण कार्य प्रभावित भइरहेकाले सबै राजनीतिक दल आफनो क्षणिक स्वार्थलाई त्याग गरी राष्ट्रिय हितको पक्षमा लाग्न आग्रह गरेका छन्।

संविधान संशोधनका लागि अहिले व्यवस्थापिका संसदमा एमालेका कारण निकै जटिलता उत्पन्न भएकोले मुलुकको अखण्डता जोगाउनुका साथै अधिकारबाट बञ्चित भएकाहरुको अधिकारलाई सुनिश्चित गराउनका लागि संविधान संशोधनको बाटो खुला गर्नुपर्नेमा उनको जोड छ। ।

काँग्रेस, माओवादी केन्द्र, एमालेलगायत सबै पार्टीहरुको प्रमुख एजेण्डा भनेको संविधानको स्वीकार्यता र कार्यान्वयन भएकोले व्यवस्थापितका संसदमा गम्भिर भएर छलफलको माध्यमबाट संशोधनको प्रस्तावलाई पारित गराउने पक्षमा लाग्न उनले आग्रह गरे।


    

प्रकाशित: २५ पुस २०७३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App