७ वैशाख २०८१ शुक्रबार
अन्य

कालोबजारी गर्नेलाई तीन लाख जरिवानासहित ५ वर्ष जेल

काठमाडौं- बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवानासहित ५ वर्ष जेल सजाय हुने बताएको हो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए। उनले भने, 'बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ। कुनै सम्झौता हुन सक्दैन। बदमासी गरेको देख्नुभयो भने तपाईले खवर गर्नुहोस्। त्यसलाई हामी तत्काल कारावही गर्छौँ। कारावही गर्नेमा कुनै शंका नगर्नुहोस्।’

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा मन्त्री भट्टले कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताए। सीमा नाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताएका छन्। देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताए।

प्रकाशित: ९ चैत्र २०७६ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App