कोरोनाको करामत

आइतबार, ०९ चैत २०७६, ११ : ३७ भैरव रिसाल

कोरोना भाइरस संक्रमण हुन नदिने अनेक उपायमध्ये साबुनपानीले हात धुनु पनि एउटा हो। यो संक्रमणबाट जोगिन साबुनपानीले राम्रोसँग हात धुने सल्लाह दिइँदै आएको छ। तर युनिसेफ भन्छ– नेपालका आधाभन्दा बढी नागरिकसँग साबुनपानीले हात धुने सुविधा छैन। यो कुरा राष्ट्रसंघीय बाल विकास कोषले जनाएको हो। नेपालका ग्रामीण क्षेत्रमा त यो साबुनपानीले हात धुने सुविधा त कताहो कता सहरी क्षेत्रका ३३ प्रतिशत मानिसमा साबुनपानीले हात धुने बानी छैन। भन्नमात्र सजिलो साबुन पानीले हात धुनु भन्न। यथार्थ स्थिति यस्तो स्वास्थ्य संस्थाहरूमा समेत हात धुन साबुन पानी पाइँदैन। युनिसेफ भन्छ– नेपालका ५४ प्रतिशत स्वास्थ्य संस्थामा बिरामी जाँच्ने ठाउँमा हात धुने सुविधा छैन। स्वास्थ्य संस्थाका बहिरङ्ग विभागमा कीटाणु नाशक तत्व ५९ प्रतिशतमात्र उपलब्ध छ नेपालको कुरो भो यो।

अब एक दृष्टि विश्वतिर पनि दिउँ। सात अर्ब चानचुन जनसंख्या भएको यो संसारमा तीन अर्ब मान्छेको घरमा साबुनपानीले हात धुने सुविधा छैन। यस्तो नाङ्गो सत्य छ। अफ्रिकाको सहारा उपमहाद्वीपका सहरी क्षेत्रमा २५ करोड ८० लाख जनताको घरमा हात धुने आधारभूत सुविधा छैन। भन्न सजिलो छ साबुन पानीले हात धुनु भन्न। तर कति व्यावहारिक छ ?त्यो मुख्य हो। काठमाडौँमा विशाल गगनचुम्बी घर बनाउने होड छ। अग्लो घर बनाउन गहिरो जग चाहिन्छ। गहिरो जग खन्दा वरपरका छिमेकीका इनार सुकेर बरवाद। तसर्थ साबुनपानीले हात धुने नारा कति काममा आउँछ भन्न सकिँदैन। यसको विकल्प छ कि ?

साबुनपानीले हात धुुनु भनेरमात्र हुँदैन, त्यस्तो व्यवस्था पनि मिलाउन सक्नुपर्छ।

चीनले देखाइदियो त !
यो कोरोना यद्यपि यी पङ्ति कोरुन्जेल नेपालमा पसेको छैन। मलाई लाग्छ, होस पु¥यायौँ भने पस्दैन पनि। यो मेरो पूर्वाग्रह हो कि मूढाग्रह हो थाहा छैन। तर फेरि पनि मलाई लाग्छ– नेपाल पस्तैन। यसो भनेर लापर्बाह हुने भन्ने होइन। पूर्ण सतर्कता र सजगताका साथ  धैर्य एवं संयम जरुरी छ। हामी प्रचारको अतिशयोक्तिका कारण कतै संयम र धैर्य गुमाउँदै त छैनौँ ?गम्भीर सोच र संयम आवश्यक छ। हामी कतै कौवाले कान लग्यो भनेको सुनेर कान नछामी कौवाको पछि दौडिन लागेका त छैनौँ, यसो घोत्लिने कि ? आत्मबल र आत्मविश्वास भएन भने मान्छे मान्छे नहुन सक्छ। नेपालीमा एउटा आफ्नो पन छ, त्यो हो– प्रतिरोधी क्षमता। यो प्रतिरोधी क्षमता शारीरिक तथा मानसिक दुवै तहमा हुनुपर्छ।

नेपाली अनौठो जाति हो विश्वमा। दुई प्रतिशत पनि साक्षर नभएको २००७ सालमै अन्यन्त शक्तिशाली, क्रूर एवं निर्बन्ध राणाशासन पल्टाएरै छोड्यो। दुनियाँमा एउटा नयाँ आश्चर्य  नै छोड्यो। जनता मसक्क कस्सिए के पो हँुदैन र ? नेपालमा राणाशासन, जनता प्रायः निरक्षर। कहाँ सकिन्छ अहिल्यै भनेर नपत्याएको भए कहाँ ढल्थ्यो राणा शासन ? कहिले कहिले केको सन्दर्भ आउँछन्, नतिजा सन्तोषजनक हुन्छ। तर सधैँ यस्तो हुँदैन। यो कठोर सत्य पनि भुल्नुहँुदैन। हो, यो कोरोना घीनलाग्दो छ, क्रूर छ र कुरूप पनि छ तर उस्तै कमजोर पनि छ। यसका विरुद्ध भित्री मनदेखि नै लाग्ने हो भने यसलाई पनि जित्न सकिने रहेछ। चीनले देखाइदियो त !

आज कोरोना भाइरस (कोभिड) को आतंक विश्वव्यापी भएको छ। यो महामारी कतै पसेर आतंकित पारेको छ भने कतै नपसिकन नै आतंकित पारेको छ। आउँछ कि आउँछ कि, पस्छ कि पस्छ कि भन्ने भय र त्रासले सताएको छ। मान्छे तर्क गर्छन्– पसेपछि त पसिहाल्यो नि ! यो कोरोना भाइरस सर्वप्रथम चीनको हुवेइ प्रान्तको उहानमा देखियो। तर त्यहाँ चीनले धैर्य, साधना, साहस, बुद्धिमत्तापूर्ण निर्णय एवं कठोर साधना गरी अनवरत खटिएर नियन्त्रण गरे। चैत ५ गते एक जनामा मात्र संक्रमण देखियो रे। एकै दिन कैयौँ मान्छे मार्ने गरी फैलिएको कोरोना एक जनामा मात्र खुम्चिनु सानो कुरा हो र ?

चीनपछि कोरोनाले इटालीमा आफ्नो क्रूरताको रूप देखायो। त्यहाँ कोरोनाबाट उहानमा जत्तिकै धेरैको ज्यान लियो र अझ मत्थर भएको छैन। यस्तै संसारभरका मान्छे आच्छु आच्छु परेका छन्। फ्रान्स आत्तिइरहेछ। स्पेन त्यस्तै अवस्थामा छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले सुसूचित गरेअनुसार त्यो मुलुकमा गएको सोमबार मात्र ६ हजार ६ सय ३३ जनालाई झम्टिसक्यो रे कोरोनाले। हाम्रो निकटतम छिमेकी मुलुकभारतमा पनि तीन जनाको राम नाम सत्य भइसक्यो भने १२५ जनालाई झम्टेको छ। भारत हाम्रो त्यति नजिकको र मैत्रीपूर्ण सम्बन्ध भएको मुलुक होजहाँ दुवै मुलुकका मान्छे खुल्ला जाउ÷आउ गर्छन्।

एउटा सार्वभौम मुलुकको मान्छे अर्को सार्वभौम मुलुकमा जान÷आउन कुनै अनुमति वा लिखत कागजपत्र या औपचारिकता पनि चाहिँदैन। यस कारण पनि नेपाली जनता त्रस्त भएको छ। यस्तो त्रासलाई औपचारिक÷अनौपचारिक सञ्चारमाध्यम र अझ अनलाइन सञ्चार माध्यमले बढाइचढाइ गर्ने गरेर बढी आतंकित गराउने गरेका छन्। जनतालाई धैर्य,संयम र.सतर्क एवं सजग भई कोरोना भाइरसबाट सुरक्षित रहन जोड दिनुपर्नेमा बढी आतंकित र हतास हुन पो सिकाइरहेका छौँ कि ?

मूर्छित अर्थतन्त्र
अँ त आम्दानीको अर्को स्रोत क्युरियो व्यवसाय थियो। पर्यटक आउन कम भएपछि वा नआएपछि यी नानाथरीका क्युरियोका वस्तु बेच्नेहरूको पनि आयको स्रोत नै सुक्यो। साथै पर्यटनसँग सम्बन्धित धेरै मानिस बेरोजागर भए।यस्ता वस्तु बनाउँथे अनौपचारिक कलाकारहरू र कालिगढहरू आफ्ना सिप एवं कौशललाई मूर्तरूप दिन्थे। क्युरियोका वस्तु उत्पादन गर्ने काठ, बाँस, ढुङ्गा आदि कच्चा पदार्थ आपूर्ति गर्नेहरू अर्कैथरी हुन्थे। त्यसबाट उनीहरूको रोजीरोटी चल्थ्यो। यसरी प्रत्यक्षरूपमा थोरै मान्छेले काम गर्ने सानो जस्तो देखिए पनि क्युरियोउद्यमले धेरैलाई रोजगारी दिएको थियो। यो कोरोनाले हाम्रो जस्तो भर्खर भर्खर ताँती सर्न लागेको अर्थतन्त्रको मूल जरो नै कमजोरमात्र होइन, पूरा मूर्छित नै बनायो।

हामी आत्तिनु भन्दा सतर्कता र सजगता साथ धैर्य र संयमित हुने पूर्वीय संस्कृति, संस्कार र अभ्यस्त हुने जीवनशैलीतर्फ ध्यान दिनु अनुचित नहोला।

अहिले त प्रारम्भको अवस्था छ। यसको प्रभाव स्वास्थ्यमा मात्र स्पष्ट देखापरेको छ। तर नाङ्लो वा खुद्रा पसल सेवा चलाउनेदेखि ठेला गाडा चलाउने, रिक्सामा सामान राखेर घुम्ती व्यापार गर्ने ठूलै जनसंख्या प्रभावित भएको छ। रिक्सामा, ठेलागाडामा घुम्ती मो मो पसल चलाएर जहान केटाकेटी पाल्ने पनि निकै परिवार थिए यो सहर÷बजारमा। तिनको पनि व्यवसाय सुकेको छ। कसरी चल्छ अब त्यस्ता परिवारको जीवन र जीविका ?

अर्कोतर्फ विदेशी पर्यटक नेपाल आउँथे। उनीहरूलाई घुमाएर गाइडहरूले आफ्नो जीविका निर्वाह गरेका थिए।तिनै पर्यटक धेरैका परिवार पाल्ने माध्यम भएका थिए। रेस्टुरेन्ट चलेका थिए।तर अब ती बाटा पनि सुक्ने तर्खरमा छन्। यसरी यस्तो असंगठित, अनौपचारिक छरिएको तर धेरैभन्दा धेरै रोजगारी दिने मुहान नै सुकेपछि धेरै मान्छेको आय वा अतिरिक्त आयस्ता सुक्दैछ। राज्यले यसको विकल्प दिनुपर्छ।

अहिलेसम्म १७६ वटा मुलुकमा पसिसकेको छ। बरु चीनले नियन्त्रण गरिसक्यो। चीनमा यो रोगबाट ३ हजार ३३७ व्यक्तिको मृत्यु भयो भने ८० हजार ८९४ जना संक्रमित रहे। हाल चीनमा कोरोना भाइरसको घटना देखियो भने त्यो बाहिरबाट आएको हो। उक्त सूचना विश्व स्वास्थ्य संस्थाको हो। भारतमा हालसम्म कम्तीमा १६९ जना कोरोना भाइरस संक्रमित देखिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त ‘जनता कफ्र्यु’ नै घोषणा गरे। हामी पनि अकस्मात आत्तिनु भन्दा सतर्कता र सजगता साथ धैर्य र संयमित हुने पूर्वीय संस्कृति, संस्कार र अभ्यस्त हुने जीवनशैलीतर्फ ध्यान दिनु अनुचित नहोला।

किस्ताबन्दीमा आएको हो ?
सरकारले सिनेमा हलदेखि धेरै मान्छे जम्मा हुने ठाउँहरूमा एकपल्टमा २५ जनाभन्दा बढी मान्छे जम्मा हुन निषेध गरेको छ। यो निषेध वैशाख १८ गतेसम्मलाई भनिएको छ। यो अवधि पनि कम होइन। यी सार्वजनिक ठाउँ र भेलाहरूमा हलुका खानेकुरा र पानी बेची त्यसबाट आएको न्यून आयबाट परिवार पाल्ने मान्छे अब कसरी गुजारा गर्छ ? यस्ता असंगठित तथा अभिलेख नराखिने आयस्रोतहरू बन्द भए। त्यो जनता अब के खाएर चुठ्छ ? यस्ता स्रोतलाई म छरुवा स्रोत भन्छु। सरकारले सके यो निर्णय गर्दा नै त्यसको विकल्प दिनुपथ्र्यो। नभए पनि छिटोभन्दा छिटो विकल्प दिनुप¥यो। नत्र खानपिनकै अभाव हुन सक्छ। यति धेरै अनौपचारिक आर्थिक स्रोत बन्द गर्नुअघि विकल्प किन नसोचेको होला ? सोचेको छ कि ? किस्ताबन्दीमा पो आउछ कि ? ढिलै भएपनि सरकार जागरुक देखिन थालेकोचाहिँ छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad