८ वैशाख २०८१ शनिबार
कला

फिल्मदेखि महोत्सव ठप्प

सुर्खेत - कर्णाली वरपर सुटिङ सिध्याइएको ‘एका देशको कथा’ फिल्म प्रिमियरको तयारी हुँदै थियो। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायर्तेलगत्तै चैतको दोस्रो साता हुने भनिएको फिल्मको प्रिमियर स्थगित गरिएको छ।

कर्णाली प्रदेशमा रहेको एक मात्र फिल्म हल, ‘लक्ष्मी चलचित्र मन्दिर’ कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले सतर्कता अपनाउन निर्देशन दिएलगत्तै बन्द भएको छ। निर्माता डाक्टरसिंह गुरुङले वीरेन्द्रनगरमा सञ्चालन गरिरहेको लक्ष्मी चलचित्र मन्दिर बन्द भएसँगै अन्य मनोरञ्जनात्मक गतिविधि ठप्प भएका छन्। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारलेसतर्कता अपनाएर फिल्म हल, म्युजियम र मन

स्थललगायत बन्द गर्ने निर्णय गरेलगत्तै यस क्षेत्रका मनोरञ्जनात्मक गतिविधि ठप्प भएका छन्। यहाँ आयोजना हुने गरेका विभिन्न महोत्सवहरू स्थगित गरिएका छन्,’ उनले भने, ‘वैशाखमा नयाँ फिल्मको सुटिङ सुरु गर्ने योजना केही महिना पर सारेको छु।’

विभिन्न मेला र महोत्सवका लागि उर्वर मानिने कर्णाली प्रदेशमा संघीय संरचनासँगै प्रदेश, जिल्ला र नगरपालिका स्तरीय मेला र महोत्सव सञ्चालन हुने गरेका छन्। वीरेन्द्रनगरमा हरेक साताजस्तो मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुन गर्थे। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएसँगै हुने भनिएका महोत्सवहरू स्थगित भएका छन्। आरङ नेपालले वीरेन्द्रनगरमा यसै सातादेखि सुरु गर्ने भनिएको प्रदेश स्तरीय बाल नाटक महोत्सव स्थगित भएको छ।

माघदेखि वैशाखसम्म विभिन्न मेला र महोत्सव आयोजना हुने गरेको कर्णाली प्रदेशका गतिविधि ठप्प भएका छन्। कलाकार टिकाराम चपाईले कोरोना भाइरसले मनोरञ्जन क्षेत्र सबैभन्दा प्रभावित पारेको तर्क गर्छन्। ‘हरेक दिनजसो यस क्षेत्रमा विभिन्न मेला र महोत्सव आयोजना हुने गर्थे। स्थानीयदेखि राष्ट्रियस्तरका कलाकार महोत्सवमा सहभागि हुने गरेका थिए,’ उनी भन्छन्, ‘कोरोना भाइरसले हुने भनिएका विभिन्न मेला र महोत्सव स्थगित भइरहँदा कलाकारहरू फुर्सदिला भएका छन्।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका अध्यक्ष रामबहादुर बुढाका अनुसार चैत महिनामा प्रतिष्ठानले दुई दर्जन हाराहारीका मेला र महोत्सवमा सहभागिता जनाउँदै थियो। ‘कोरोनाका कारण विभिन्न मेला र महोत्सव स्थगित भएसँगै प्रतिष्ठानमा आवद्ध कलाकारहरु बेरोजगार भएका छन्, ’उनले भने,‘यस्तो अवस्था लामो समय रहेमा ठूलो समस्या निम्त्याउँछ।’

कोरोना प्रभावका कारण यहाँका फिल्म हल र महोत्सवसँगै सांस्कृतिक केन्द्र र डान्स सेन्टरलगायत बन्द गरिएका छन्। खस भाषाको उर्बर मानिने जुम्लामा कर्णाली प्रदेश सरकारले अन्र्तराष्ट्रिय खस भाषा सम्मेलनको तयारी गरिरहको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा विज्ञहरूको उपस्थितिमा हुने भनिएको सो सम्मेलन स्थगित भएको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App