coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सक्रियता बढाउँदै प्रहरी, कोरोना सम्बन्धि भ्रम फैलाए कारबाही

काठमाडौं - कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न नेपाल प्रहरीले सक्रियता बढाएको छ। जोखिम न्यूनिकरणका लागि सचेतना अभियानसँगै विभिन्न अफवाह फैलाउनेलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो। कोरोना भाइरसको अफवाह फैलाउनेलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। सर्वसाधारणलाई गलत सूचना प्रवाह गरेर त्रसीत बनाएपछि प्रहरी प्रधान कार्यालयले छानविन गर्न निर्देश दिएको थियो। निर्देशन गलत्तै ब्यूरोको टोली शनिबार दिनभर अफवाह फैलाउने व्यक्तिको खोजीमा लाग्यो।

आवाज र सामाजिक सञ्जालको प्रयोगबाट प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाउने एक जनालाई प्रक्राउ गर्न सफल भयो भने अर्का एक जनाको पहिचना गरेका छ। फेसबुकमार्फत नर्भीक अस्पतालमा कोरोना भाइरस देखियो भनेर अफवाह फैलाउने विवेक थापामगरलाई भक्तपुरको सिपाडोलबाट पक्राउ गरिएको ब्यूरो प्रहरीले जानकारी दिएको छ। कारोना भाइरस देखिएको भन्दै गलत सूचना प्रवाह गर्ने अर्का एक जनाको पनि प्रहरीले पहिचान गर्न सफल भएको छ।

अहिले अमेरिका बस्दै आएका नयनराज पाण्डे भन्ने व्यक्तिले गलत भिडियो बनाएर पोष्ट गरेको प्रहरीको दाबी छ। शनिबार दिउँसो गरिएको अनुसन्धानका क्रममा पाण्डे अमेरिकामा बस्दै आएको र केही व्यक्तिलाई प्रयोग गरेर भिडियो निर्माण गरेको खुलेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाले जानकारी दिए। गलत सूचना दिएर नागरिकलाई त्रसीत बनाउनमाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता थापाले बताए। ‘शनिबार तीन जनाले तीन वटा गलत सामग्री बनाएर भ्रम प्रवाह गरेका रहेछन्, हामीले उनीहरूमाथि अनुसन्धान गरेर कारबाही अघि बढाउँछौं,’ उनले भने। अमेरिकामा रहेका पाण्डेमाथि प्रहरीले ‘वारेन्ट’ जारी गर्ने बताएको छ।

१३ हजार प्रहरी परिचालन

कोरोना भाइरसका बारेमा सचेतता र सावधानीको लागि नेपाल प्रहरीले १३ हजार प्रहरी कर्मचारी परिचालनका लागि तयारी अवस्थामा राखेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै आपत्कालीन अवस्था आएमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिने प्रवक्ता थापाले बताए। उनकाअनुसा गृह मन्त्रालयसँग शुक्रबार भएको छलफलका क्रममा प्रहरीलाई तयारी अवस्थामा राखिएको हो।

कोरोनाको सचेतना र शान्ति सुरक्षामा खटिने प्रहरीको लागि आवश्यक पूर्वतयारी पनि गरिएको प्रधान कार्यालयले जनाएको छ। प्रवक्ता थापाले महाराजगञ्जस्थित पुलिस अस्पतालमा ५० बेडको क्वारेन्टाइन र २० बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको बताए। प्रहरी संगठनभित्र कसैलाई कोरोना भाइरसको शंका देखिएका सोही ठाउँमा राखिने उनले बताए। उपत्यका बाहिर रहेका प्रहरी कार्यालयमा टेण्ट वितरण गरिएको बताइएको छ। अहिले कोही पनि प्रहरी कर्मचारीलाई बिदा बस्न नदिइएको बताइएको छ।

६ लाखले उपत्यका छाडे
कोरोना भाइरसको त्रासका कारण उपत्यकाबाट गाउँ फकर्नेको संख्या ह्वात्तै बढेको छ। सरकारले फागुन ९ गतेदेखि लामो दूरीका यातायात बन्द गर्ने बताएसँगै उपत्यका छाड्नेको भिड् लागेको छ। बुधबारदेखि शनिबारसम्म ६ लाखले उपत्यका छाडेको बताइएको छ। शनिबार मात्रै एक लाख ६० हजारले उपत्यका छाडेको महनगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। आइतबारसम्म उपत्यका छाड्नेको संख्या अझै बढ्न बताइएको छ।

लामो दूरीका सवारीसाधन आवतजावत बन्द हुने भएपछि घर फर्कनको लागि बसपार्क र बस स्टपहरूमा यात्रुको भीड लाग्ने गरेको छ। प्रहरीका अनुसार घर फर्कने मध्य अधिकांश विद्यार्थी रहेको ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए। उनकाअनुसार आइतबार मात्रै करिब दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। दुई हप्तासम्म विद्यालय क्याम्पस बन्द भएपनि विद्यार्थीहरू उपत्यका छाडेर फर्कन थालेका हुन्।

१० लाख मास्क वितरण

महानगरीय प्रहरी परिसर काठमाडौंले गत आइतबार बरामद गरेको १० लाख मास्क वितरण गरिएको छ। प्रहरीले शुक्रबार साझा स्वास्थ्य सेवा प्रालिलाई मास्क हस्तान्तरण गरेपछि साझाले आफ्ना कार्यालयहरूबाट मास्क वितरण गरेको हो। जिल्ला प्रशासन कार्यालयले बुधबार र आइतबार बरामद गरिएका मास्क वितरण गर्नको लागि मंगलबार पनि छलफल गरेको थियो। त्यसपछि मास्क वितरण गर्ने सम्बन्धमा निर्णय भएको थियो।

प्रकाशित: ९ चैत्र २०७६ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App