४ वैशाख २०८१ मंगलबार
अर्थ

रसुवामा विद्युत् खपत बढ्यो

रसुवा - रसुवामा जिल्लामा जलविद्युत् आयोजनाको निर्माण, विद्युतीकरणमा विस्तार तथा गुम्बा तथा मन्दिर निर्माण भएका कारण खपत बढेको हो। चालु आर्थिक वर्ष ०७६/७७ को आठ महिनामा ७१ लाख ९७ हजार सात सय एक युनिट विद्युत् खपत भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। विद्युत् बिक्री गरेर केन्द्रले नौ करोड ६ लाख दुई हजार दुई सय ९२ रुपैयाँ आम्दानी गरेको छ।

यो गत आर्थिक वर्ष ०७५/७६ मा आठ महिनाकोे तुलनामा चार लाख ६५ हजार चार सय ५१ युनिट बढी हो। गत वर्ष आठ महिनामा ६७ लाख ३२ हजार दुई सय ५० युनिट विद्युत् खपत भएको थियो। जसबाट आठ करोड १२ लाख २७ हजार एक सय १९ रुपैयाँ आम्दानी भएको थियो। अहिले जिल्लामा १४ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। यी आयोजनामा सबैभन्दा बढी विद्युत् खपत हुन्छ। केन्द्रका अनुसार गएको साउनदेखि फागुन मसान्तसम्म व्यापारिक क्षेत्रले ५१ लाख दुई हजार आठ सय आठ अर्थात ७०.८९ प्रतिशत खरिद गरेको छ।

१५ लाख ३४ हजार एक सय २९ युनिट गार्हस्थले, तीन लाख ६० हजार दुई सय ४४ युनिट गैरव्यापारिक क्षेत्रले, एक लाख ७५ हजार नौ सय ७१ युनिट उद्योगधन्दाले खपत गरेका छन् भने १४ हजार सात सय ९६ युनिट आन्तरिक खपत भएको छ। त्यस्तो अस्थायी पहुँच विस्तारका लागि ६ हजार ६ सय ९०, गुम्बा तथा मन्दिरले एक हजार पाँच सय ३८ र गैरगार्हस्थले एक हजार पाँच सय २५ युनिट विद्युत् खपत गरेका छन्। जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनामा खपत बढे जिल्लामा खपत बढ्ने र आयोजनामा खपत घटे जिल्लामा घट्ने केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए। जिल्लामा आठ हजार आठ सय ५३ ग्राहक रहेका छन्।

गत आर्थिक वर्षमा खपत कम भएको भएपनि यो वर्ष जिल्लामा खपत युनिट उच्च हुने आँकलन गरिएको थियो। केन्द्रले चालु आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण जिल्ला घोषणा गर्नका लागि विद्युतीकरणको कामलाई तीव्रता दिएको छ। राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्र विद्युत् पुर्‍याउने काम भइरहेको उनले बताए। जिल्लामा अहिले ९५ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण भइसकेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App