coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

सोल – उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो।

विश्वभरी कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो। कोरोनाको संक्रमणबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरूले टिप्पणी गरेको छ। उनीहरूले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन्।

उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरिएको छ। कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार चार सय ६८ जना संक्रमित भएका छन् भने ११ हजार चार सय १७ जनाको मृत्यु भएको छ। जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App